शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
एघार सय त्रिपन्न दिनको अफेयरपछि
बिहे भयो आज हाम्रो
भेटाएका छौँ
आज हामीले नयाँ साथी
र, आजै गुमाएका छौँ–
आफ्ना पुराना परममित्र
खोजिरहेछु म तिमीभित्र
उही पुरानो प्रेमी
र, सायद तिमी पनि खोजिरहे छौँ
मभित्र उही प्रेमिका
भेटाएका छैनौँ हामीले
एकअर्काका आँखामा
ती हराएका प्रेयसी
नभए चार घण्टादेखि अनिमिष
के खोजिरहेछन् त
आँखा एकअर्कामा ?
के विवाहको पहिलो रात
प्रेमी हराउने
तर, पति भेटिने
प्रेमिका हराउने
तर, पत्नी भेटिने
कुनै हिट सिनेमाको
झुर सिक्वेल हो ?