पर्यटकहरुलाई सुविधा दिने उद्देश्यले इलामको सीमावर्तीबजार पशुपतिनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रसँगै ट्याक्सी पार्क समेत निर्माण गरिएको छ ।
ओखलढुङ्गामा एक बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका –१ कि बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुङ्ग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ ।
सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले वन फँडानी गर्ने जोसुकै भए पनि नछोडिने बताउनुभएको छ ।
खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पीपलटारका बासिन्दाको खानेपानी समस्या समाधान भएको छ ।
आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहिरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नु भएको छ। तर खेती गर्ने तरिका भने फरक छ।
बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ ।
सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।
बेलायतमा रहेका नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम 'प्रतिभा नक्षत्र २०२३'को लागि आवेदन खुला गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्करले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षण गर्नुभएको छ ।
बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप तथा जीवनाेपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरि विद्यालयहरुलाई क्रमशः 'झोलाविहीन शुक्रबार' बनाउने नीति लिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।