• ६ जेठ २०८१, आइतबार

करोडौं ठगेर फरार एक जना काँकडभिट्टाबाट पक्राउ

blog

सोमराज विक । फाइल तस्बिर

लीलाराज खड्का

बिर्तामोड, साउन ५ गते।  सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपियाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ  काँकडभिट्टाबाट पक्राउ परेका छन्।

गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय सोमराजलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयब उपरीक्षक  डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो।

स्थानीय मानिसको रकम हिनामिना गरेर गत असार १४ गतेदेखि सम्पर्कविहीन भएका विकमाथि पीडितहरुको जाहेरी अनुसार गत असार २४ गते ठगी मुद्दा दर्ता भएको थियो। उनी मलाई नखोज्नु भन्दै वडाध्यक्षलाई पत्र लेखेर  सम्पर्कविहीन भएका थिए। 

असार १५ गते वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कविहीन बनेका थिए। हाल पनि वार्ड कार्यालयमा दैनिक ३÷४ जना विकबाट ठगिएको भन्दै दैनिक सम्पर्कमा आउने गरेकोले ठगीको रकम अझै बढन सक्ने वडाध्यक्ष भण्डारीले बताउनुभयो। विक सम्पर्कविहीन भएपछि उनका सबै बैंक खाता रोक्का गरिसकिएको प्रहरीले जनाएको छ। विकले पहिले क्षेत्रका स्थानीयलाई विश्वासमा लिएर ब्याजमा रकम लिनेदिने काम गर्दै आइरहेको स्थानीयको भनाइ छ।