• ८ जेठ २०८१, मङ्गलबार

बालिकामा डेंगी सङ्क्रमण पुष्टि

blog

फाइल तस्बिर

शेरबहादुर राई

ओखलढुङ्गा, साउन ५ गते । ओखलढुङ्गामा एक बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका –१ कि बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको हो । 

केही साताअघि एक्कासि ज्वरो आएपछि उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पतालमा लगेर परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवले बताउनुभयो । बालिकाको अस्पतालमा उपचार भइरहेको छ । 

डेंगी सङ्क्रमणण हुनसक्ने समय भएकाले विशेष सतर्कता अपनाउन जनस्वास्थ्य निरीक्षक यावदले सुझाव दिनुभयो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग भएको उहाँले बताउनुभयो ।

डेंगीको सङ्क्रमणबाट बच्न विशेषगरी लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । डेंगी सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौँलाको मासु दुख्नेजस्ता लक्षण देखापर्ने भएकाले लक्षण देखिनसाथ जँचाउन स्वास्थ्य संस्थामा जान कार्यालयले अनुरोध गरेको छ ।