काभाबीच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।
संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि समेत रकम विनियोजन गरेको छ ।
सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बङ्गुरमा व्यापक रुपमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जंगली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा पनि जंगली बँदेलमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ ।
सर्लाहीमा एक थुनुवा महिलाले जिल्ला प्रहरी कार्यालयको हिरासतमै आत्महत्या गर्नुभएको छ । प्रहरीले स्रोत नखुलेको रकम र अवैध चाँदीसहित पक्राउ गरेको चक्रघट्टा गाउँपालिका –८, बस्ने ४० वर्षीया हजरत खातुनले प्रहरी हिरासतको शौचालयमा सलको पासो लगाएर आत्महत्या गर्नुभएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा आज (शुक्रबार) आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्त्वपूर्ण भएको बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले घोषणा गरेको समूहलाई अस्वीकार गर्दै गुल्मी कार्य समितिविरुद्ध असन्तुष्ट बहुमत सदस्यले अर्को कार्यसमिति घोषणा गरेका छन् ।
स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत बनाउन जरुरी रहेको बताउनुभएको छ ।
बाँके जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्विकृति दिनेक्रम सुरु भएको हो। स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको हो।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताउनुभएको हो।
। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताउनुभएको छ ।
विराटनगर महानगरपालिकाको न्यायिक समितिमा साँध सिमानासम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।
काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।