असार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको छ । जब कि गत वर्ष साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो । अर्थात् गत वर्षको तुलनामा अझै २० प्रतिशत रोपाइँ कम भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले साउनको अन्तिमसम्ममा ९५ प्रतिशत रोपाइँ हुने दाबी गर्नुभयो ।
भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो । भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिनालगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ । भारतमा कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुन सक्ने देशभित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरिएको बताइएको छ ।
हिमाली जिल्ला दोलखाको दक्षिणी भेगमा मेलुङ गाउँपालिका अवस्थित छ। सात वटा वडा रहेको यो गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो गाउँपालिका पर्यटनका हिसाबले उत्तम मानिन्छ। यसको लाभ भने लिन सकिएको छैन। स्थानीय तहको दोस्रो निर्वाचनबाट मेलुङ गाउँपालिकाको अध्यक्षमा हीराकुमार तामाङ निर्वाचित हुनुभएको छ। गाउँपालिकाको अध्यक्षका रूपमा एक वर्षभन्दा बढी समय बिताइसक्नुभएका तामाङसँग गाउँपालिकाको विकास गतिविधि, सम्भावना र चुनौतीबारे गोरखापत्रका सुजन काफ्लेले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।
हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै काठमाडौँको सतुङ्गल जोड्ने सडकको काम निर्माण कम्पनीका कारण ढिलाइ हुँदै आएको छ। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको महालक्ष्मी दोभान–मकैबारी खण्ड प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनमार्फत र मकैबारीदेखि मातातीर्थ–सतुङ्गल खण्ड पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत बोलपत्र आह्वान गरी काम भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणको तयारी पूरा भएको छ । लामो समयको अन्तरालमा दुई देशबिच उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ।
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ ।
ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २९ पुगेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबारको निर्णयानुसार थप ११ कम्पनीलाई लाइसेन्स दिइएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिएको बोर्डले जनाएको छ । बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौँ), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौँ), आकाश भैरव सेक्युरिटिज (ललितपुर), पाही इन्भेस्टमेन्ट प्रालि (गोकर्णेश्वर–काठमाडौँ), एसपिएसए सेक्युरिटिज (बानेश्वर, काठमाडौँ) लाई ब्रोकर लाइसेन्स दिएको छ ।
चितवनको ऐतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९/८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो ।
झापामा मानव हात्तीको द्वन्द्व बढ्दो रूपमा जाँदा बर्सेनि हात्तीको आक्रमणमा परि ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
महिलाले हात्तीलाई वशमा लिएर सदाउने र सिकाउने गरेको सुन्दा अचम्म लाग्न सक्छ! त्यस्तै अचम्मको काम गर्दै हुनुहुन्छ पर्यटकीय नगरी सौराहानजिकैको बछ्यौलीकी मीना चौधरी। जङ्गली जनावरमध्येको सबैभन्दा ठुलो हात्तीलाई आफ्नो वशमा राखेर जे गर भन्यो त्यही गराउनु आफैँमा कम चुनौतीपूर्ण हुँदैन। त्यही चुनौतीपूर्ण काममा मीना १२ वर्षदेखि अभ्यस्त हुनुहुन्छ।
एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ।
जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सर्लाहीको बागमती नगरपालिकाले सम्मान गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।