• ८ जेठ २०८१, मङ्गलबार

धरानमा गोली प्रहारबाट एक युवकको मृत्यु

blog

निशा राई 

धरान, साउन ६ गते  ।  कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर ५ का २८ वर्षीय रोहित चौधरी रहेको प्रहरीले जनाएको   छ । मृतक चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउकुमार लिम्बुले बताउनुभयो । 

धनकुटा घुमेर घर फर्कँदै गरेका रोहित र उहाँकी प्रेमीका सुमना खत्री धरान इटहरी सडक खण्डको सेउती पुल कटेर पानी पिउनको लागि रोकिएको अवस्थामा पैदल हिँड्दै आइरहेका ३ जना युवाले गोली प्रहार गरी मोबाइल र पैसा लुटेर लुटेराहरू फरार मृतक चौधरीसँगै रहेकी सुमनाले प्रहरीलाई बताएकी छिन् । 

सुमनाको अनुसार हतियारधारी समूहका दुई जनाले खुकुरी बोकेका थिए भने एक जनासँग पेस्तोल रहेको थियो । सुमनाको अवस्था भने सामान्य रहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।