सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ ।
भारतको विहार घुमन गएको बेला जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालले गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत। मोतीबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताउनुभएको छ ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
गत असोजमा परेको वर्षाले झोलुङ्गे पुल क्षतिग्रस्त भए पनि चार महिना बित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।
नेपालकी सूमा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
सुगम जिल्लाका रूपमा परिचित भए पनि पूर्वी नवलपरासीका तीन गाउँपालिकाका १३ वडामा अझै राष्ट्रिय प्रसारणको बिजुली नपुग्दा समस्यामा रहेका नागरिक अब बिजुली पुग्ने भएपछि खुसी भएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५–पी ले रुपन्देहीको सबैभन्दा जेठो अस्पताल भैरहवास्थित भीम अस्पताललाई करिब ४० लाख रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गर्नुभएको छ।