नेपालगञ्ज नाका भएर आर्थिक वर्ष २०७९/०८० मा १४ करोड रुपियाँ बढीको प्लाइउड भारततर्फ निकासी भएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा १४ करोड १२ लाख ५४ हजार रुपियाँ मूल्यको प्लाइउड भारततर्फ निकासी भएको हो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वको पाँच सदस्यीय टोली आज भारत जाँदैछ । माओवादी केन्द्रकी उपाध्यक्ष भुसालले आइतबार अपराह्न ५ बजे भारत जाने कार्यतालिका रहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ।
पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उर्तीण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ ।
चेल्सी र म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको प्रिसिजन टुरका जित निकालेका छन् । आइतबार भएको खेलमा चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनलाई ४–३ गोलले हरायो । अर्को खेलमा युनाइटेडले आर्सनललाई २–२ गोलले स्तब्ध बनायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान साढे ७ बजे त्यहाँ पुग्नुभएको हो ।
संयुक्त अरव इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको तीन सदस्यीय टोली आज त्यहाँका लागि प्रस्थान गरेको छ। बैठक जुलाई २४ देखि २६ (साउन ८ देखि १०) सम्म हुनेछ ।
झण्डै दुई सय मिटर लम्बाइ रहेको यो झर्ना जिल्लाको साँफे मार्तडी लोगमार्ग अन्तर्गत पर्ने राप्का सडकमै पर्छ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक बस्नुअघि त्यसको कार्यविधि तय गरेर बैठक लाइभ गरेको भए राम्रो हुने सुझाव दिनुभएको छ । केन्द्रीय समिति बैठक सानेपामा आज आफ्नो धारणा राख्नुहुँदै उहाँले सो सुझाव दिनुभएको हो ।
नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाएको हो ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) सङ्घको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिँदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०८०÷८१ मा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने जनाएको छ ।
राजन रावतहुम्ला साउन ७ गते । सिमकोट गाउँपालिका-७ को चौगानफयाबाट च्याछरा पुग्ने सडककाे माथिबाट खसेकाे ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौगानफया गाउँका करिब ३६ वर्षीय बाग्मल शाही रहेकाे प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयाे । मृतक शाही आफ्नै दाइ राजेन्द्र शाहीसँग चीनको ताक्लाकोटतर्फ जाने क्रममा ढुङ्गा लागेकाे उहाँले बताउनुभयाे । यस्तै, जिल्लाबाट घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा एक प्रहरीको टोली पठाइएको प्रहरीले जनाएको छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गर्छन् ।
मर्चवार क्षेत्रका इष्टदेवी हुन्, मर्चवारीदेवी । उहाँको मन्दिर रुपन्देहीको मर्चवारी गाउँपालिका–५ मा अवस्थित छ । मर्चवारीदेवीको उत्पत्ति प्रसङ्गको सन्दर्भमा विभिन्न कथा र किंवदन्ती रहेका छन् । उहाँको शक्तिपीठ रातो रङ्गमा माटाको ‘पिण्ड’ आकारमा छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ ।