नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले दादुरा प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको छ । आइतबार स्वास्थ्य मन्त्री गिरीले नेपालगञ्ज उपमहानगरपालिका– ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको स्वास्थ्य अवस्थाबारे अनुगमन गर्नुभएको हो ।
अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा छोटो फिल्म 'ब्लड मनी' बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नुभएको छ । सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ’टाइटन’ मा ऋचाले उक्त अर्वाड जित्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दैआएको बताउनुभएको छ ।
कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
आइतबार बिहान सुर्खेत वीरेन्द्रनगर ११ झुप्रा खोला नजिक इसुजु डी म्याक्स कम्पनीको गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गयो । ज्यान गुमाउने चारै जना स्वास्थ्यकर्मी हुन् ।
अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले जित्नुभएको छ ।
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गुल्मीको एक स्थानीय तहले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले विद्यार्थीहरूलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क लोकसेवा तयारी सञ्चालन गर्न लागेको हो ।
पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेकपा (एमाले) का नेता पार्वत गुरुङले सहमतिकै आधारमा नेकपा एमालेबाट राष्ट्रपति बन्ने बताउनुभएको छ ।
बराहताल गाउँपालिकाको बाह्रौँ गाउँसभाले गाउँपालिकाका प्रशासकीय अधिकृत किशुनदेव लुइटेललाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित गरेपछि उनको सामाजिक सञ्जाल फेसबुक पूरै रङ्गियो । उनका सहकर्मी पूर्वचिनारुहरूले व्यङ्ग्यात्मक टिप्पणी पनि गरे भने घरपरिवार आफन्तजनले बधाई पनि दिन भ्याए । उनी २४ (घ) अनुसार बढुवा भएर बराहताल गाउँपालिकामा पुगेका थिए र झन्डै एक वर्षको कार्यकाल पनि पूरा गरिसकेका थिए । दुर्गम क्षेत्रको अङ्क जोडेर छिट्टै बढुवा हुने उनको ठूलो धोको थियो र माथिल्लो पदमा पुगेर अवकाश लिने तीव्र लालसा हुनु पनि स्वाभाविक नै थियो ?
सपनाले घाँसको भारी गोठमा बिसाइन् । हातमुख धोएर भान्सामा आइन् । भाँडा सबै जुठा थिए । भाडामा भात थिएन । भोकले आत्तिएकी सपनाले सासू आमालाई सोधिन्, ‘आमा मलाई भात छैन ?’ ‘तेरो को नोकर छ यहाँ ? जा न तेरो बाउको घर, अब के कुरेर बसेकी यतिबेर ? कुन नाठो खोज्न गएकी थिइस् ?’ सासूआमाको जवाफ आयो । ‘म कहाँ जानु भन्नु, हजुरले यसरी नभएको आरोप नलगाउनु बर्बरी झरेको आँखाको आँशु पुछिन् । भक्कानो छुटेको छ ।’ जुरुक्क उठेर बाहिर आएकी सासूआमालाई रोक्दै सपनाले भनिन् ।