वनजङ्गलमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जुम्लामा सशस्त्र प्रहरीले सचेतनामूलक अभ्यास प्रदर्शन गरेको छ। सशस्त्र प्रहरीबल ३३ नं. गणले आफ्नो २२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चन्दननाथ नगरपालिका–१०, गैरागाउँमा सो अभ्यास गरेको थियो। घरमा आगो लागे आगो नियन्त्रण कसरी गर्ने ? घरमा भएका मानिसलाई कसरी उद्धार गर्ने ? भन्ने विषयमा सर्वसाधारणलाई सचेतना गराएको जनाइएको छ।
सुर्खेतको चौकुने गाउँपालिकाले उद्यम विकासमा जोड दिएको छ। विकासको मूल प्रवाहीकरणका लागि पालिकाले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन तथा घरेलु उद्योग प्रोत्साहनको नीति लिएको छ। जसका लागि पालिकाले घरेलु उद्योगसँगको सहकार्यमा उद्यमीलाई तालिम र आवश्यक उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ।
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी)मा तीन प्रजातिका चरा थपिएका छन्। थपिएका चरा प्रजातिमा हरियो लामपुच्छ«े, ठूलो वन परेवा र सुन्दर निलटभा रहेका छन्। हरियो लामपुच्छ«े मध्यपहाडी क्षेत्रमा पाइन्छ। जाडोयाममा यो चरा कैलालीसम्म पुग्ने गर्छ।
देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्या समाधान गर्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन। साना तथा मझौला व्यवसायी महासङ्घको आइतबार भएको छलफलमा सहभागी व्यवसायीले यस्तो गुनासो गरेका हुन्।
फिदिम नगरपालिका–५ की भीममाया तुम्बापो साताको प्रत्येक शनिबार सदरमुकामको शिवालय मन्दिरछेउमा लाग्ने शनिबारे हटिया आइपुग्नुहुन्छ। बिहान झिसमिसे उज्यालो नहुँदै सुँगुरका पाठा, कुखुरा र अन्डा ल्याएर बेचेपछि आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किनुहुन्छ। “गाँउमा धेरै बिक्दैन, हाटबजार ल्यायो भने सजिलै सबै बिक्छ, त्यसैले हप्तैपिच्छे यहीँ आउँछु,” तुम्बापोले भन्नुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच अहिले विहान बालुवाटारमा छलफल भइरहेको छ । सोमबार विहान सभामुख घिमिरे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बजेट कार्यान्वयनमा विगतदेखि नै कमजोर रहेको कर्णाली प्रदेश सरकारले अझै पनि यो अवस्था सुधार गर्न सकेको देखिएको छैन। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष (२०७९/८०)को पहिलो छ महिनामा ९.०८ प्रतिशत मात्र विकास बजेट खर्च गरेको पाइएको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म समग्रमा १३ दशमलव ०४ प्रतिशत बजेट खर्च गरेको प्रदेशले चालूतर्फ भने १८ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ।
कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको छ। ५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका–७, देवहरियाका किसानलाई पावर ट्रिलर प्रदान गरिएको हो। देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर ट्रिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिनुभयो। निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमका बीच किसानलाई पावर ट्रिलर हस्तान्तरण गर्नुभयो। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर ट्रिलर हस्तान्तरण गरेको जनाइएको छ।
शान्ति प्रक्रियापछि रामभुतको परिवारलाई राज्यले १० लाख रुपियाँ क्षतिपूर्ति दिए पनि उहाँको घरको दशा भने उस्तै छ । चुहिने जीर्ण घरमा तीन जना श्रीमतीले दिन बिताई रहनु भएको छ । तीन श्रीमती र ६ छोरा ५ छोरी गरी १४ जनाको परिवार हिजोआज साहुको ऋणले चुर्लुम्म डुबेको छ ।
काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिका जोड्ने करिब नौ किलोमिटर सडक फराकिलोसहित दुई वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखेर काम सुरु गरेको साढे दुई वर्ष बितिसक्दा पनि कामले गति लिन सकेको छैन। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महाभारत गाउँपालिका जोड्ने तीनखुट्टे–देवीटार सडकको आठ किलोमिटर सात सय मिटर सडक दुई वर्षभित्र पूरा गर्ने गरी २०७७ असार मसान्तमा श्रेष्ठ सक्षम जेभीसँग ठेक्का सम्झौता गरेको थियो।
सिन्धुली जिल्लाका आठवटा स्थानीय तहले आधुनिक शैलीमा आफ्नै भवन निर्माण गरेका छन्। दुई नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुली जिल्लाका अधिकांश पालिकाले प्रशासनिक भवन निर्माण गरेका हुन्। घ्याङलेख गाउँपालिकाले भर्खर प्रशासनिक भवन निर्माण सुरु गरेको जनाएको छ।
चितवनको कालिका नगरपालिकाले अवैध रूपमा हुने नदीजन्य पदार्थ उत्खनन नियन्त्रण सुरु गरेको छ। अवैध रूपमा नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा खोस्री थुपारेर राख्ने क्रम बढेपछि नगरपालिकाले नियन्त्रणमा लिएको हो। खोला, नदी अप्राकृतिक रूपमा दोहन गरी सामग्री थुपारेर राख्ने र आफूखुसी मूल्य निर्धारण गर्ने गरिएपछि कालिका नगरपालिकाले त्यस्ता सामग्री नियन्त्रणमा लिएको जनाएको छ। नगरपालिकाले शुक्रबारसम्म नदीजन्य पदार्थ बोकेका ४७७ वटा टिप्पर नदीजन्य पदार्थसहित नियन्त्रणमा लिएको छ।
नेपाली नागरिकले नेपालीकै सहयोगमा आँखाको ज्योति पाएका छन्। हेटौँडा सामुदायिक आँखा अस्पताल स्थापनाको १४ वर्ष पूरा हुँदै गर्दा आँखाको ज्योति गुमाएर असहज रूपमा जीवन व्यतीत गर्दै आएका मकवानपुर र बारा जिल्लाका नागरिकले नेपाली सहृदयीको सहयोगमा आँखाको ज्योति पाएका हुन्।
नेपाली संस्कृतिमा वर्षका विभिन्न महिनामा विभिन्न देवीदेवताको विशेष पूजा आराधना गरिनु विशेषता नै हो । यसैगरी विशेषतः पुस महिनाको शुक्ल पूर्णिमादेखि माघ पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी अर्थात् आफ्नै स्थानकी देवीको एक महिने व्रत, पूजा आराधना गरिन्छ । कथा सुनिन्छ । सुनाइन्छ । यो ऐतिहासिक परम्परा लामो समयदेखि चल्दै आएको छ । त्यसक्रममा काठमाडौंँको मुख्य सहरदेखि १६ किलोमिटर उत्तरपूर्वी दिशामा रहेको शङ्खरापुर नगरपालिकाको साँखुमा पर्ने शालीनदीको विशेष महिमा छ । स्वस्थानीकै कारण त्यस क्षेत्रको महिमा बढेको हो । त्यस क्षेत्रमा हिजोआज स्वस्थानी माता तथा माधवनारायणको मेला चलिरहेको छ ।
पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन। गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।