जानु पाण्डे
कपिलवस्तु साउन ८ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा एक वर्षमा २२ उजुरी फर्छ्यौट भएका छन् । गत आ.व. ०७९-०८० मा परेका ३३ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको गाउँपालिका उपाध्यक्ष रीताकुमारी चौधरीले बताउनुभयो ।
जसमध्ये १२ वटा मिलापत्रबाट फछ्र्यौट भएका छन् । चार वटा उजुरी सर्वसम्मत ढङ्गबाट फर्छ्यौट भएका छन् । त्यस्तै, ६ वटा उजुरी अन्य निकायमा पठाइएको नगरपालिका न्यायिक समितिको सचिवालयले जनाएको छ । नगरपालिकाको न्यायिक समितिमा १८ वटा उजुरी प्रक्रियामा रहेको संयोजक चौधरीले बताउनुभयो । आ.व. ०७८-०७९ मा ७ वटा उजुरी सारिएको बताइएको छ ।
पालिकामा सबैभन्दा धेरै जग्गा विवादका उजुरी छन् । जग्गाको साँध सिमाना मिचेको, भोग चलन गरेको जग्गाबाट हटाउन खोजेको, एकको नाममा रहेको जग्गा अर्कैले भोग चलन गरेको, पति पत्नीबीचको विवाद, घरेलु हिंसालगायतका विषयमा उजुरी दर्ता हुने गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (२) अनुसार पेस भएको विवादको निवेदनको कारबाही र किनारा गर्दा सम्भव भएसम्म मेलमिलाप गर्न प्रोत्साहित हुने गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइएको बताइएको छ ।