राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज (सोमबार) अवलोकन गरेको छ ।
दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते घोराही उपमहानगरपालिका –१० निवासी पूर्ण पुन मगरको उपचारका लागि भैरहवा मेडिकल कलेज लैजानेक्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवम् पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैदी जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक रहेको बताउनुभएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री रावलले सो कुरा बताउनुभएको हो ।
गर्भवती महिला र नवजात शिशु सुरक्षाका लागि केन्द्रित राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी देखिएको छ । सुत्केरी व्यथाले च्यापेका दुर्गमका महिलालाई तत्काल उद्धार गर्ने यो कार्यक्रम प्रभावकारी बन्दैआएको स्थानीय नागरिकको भनाइ छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरूको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से १३.७१ अङ्क घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अङ्कले घटेको छ ।
संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ ।
प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्नुभएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो ।
म्याग्दीको मंगला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताउनुभएको छ । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
पाकिस्तानभरि सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत् अवरुद्धका कारण कराँची र लाहोरका सहरहरूसहित देशका २२ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।