• ८ जेठ २०८१, मङ्गलबार

दिनेश र देवेन्द्रलाई ब्याडमिन्टन उपाधि

blog

विजेतालाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, साउन ८ गते । पाँचथरको फिदिममा आयोजित प्रथम खड्गकुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुम आठ राईका दिनेश कन्दङवा र देवेन्द्र उप्रेतीले जित्नुभएको छ । सोमबार सम्पन्न फाइनलमा उहाँहरूले फिदिमका प्रविणहाङ योङहाङ र उमेश श्रेष्ठको जोडिलाई पराजित गर्दै उपाधि जित्नुभएको हो ।

जिल्ला ब्याडमिन्टन सङ्घ पाँचथरद्वारा आयोजित प्रतियोगितामा विजेता कन्दङ्वा र उप्रेतीको जोडीले योङहाङ र श्रेष्ठको जोडीलाई २१–१६, २४–२२ को सोझो सेटमा हराउनुभयो । उपाधिसँगै उहाँहरूले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता योङहाङ र श्रेष्ठले १० हजार रुपियाँ प्राप्त गर्नुभयो । 

विजेतालाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र प्रतियोगिताका मुख्य प्रायोजक मनकुमारी नेम्बाङले पुरस्कार वितरण गर्नुभयो । तीन दिनसम्म चलेको प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको ब्याडमिन्टन सङ्घकाअध्यक्ष रामवीर राईले जानकारी दिनुभयो ।