लिलाधर वली
घोराही, साउन ८ गते । राप्ती नदीमा बगेर बेपत्ता हुनुभएका लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी ५२ वर्षीय रामलाल कुमाल मृत अवस्थामा भेटिनुभएको छ ।
कुमालको शवलाई लमही नगरपालिका वडा नं. ९ स्थित अमिलियाको राप्ती घाटमा भैँसी चराउन गएका स्थानीयले देखेका थिए । शव देखेपछि स्थानीयले प्रहरी खबर गरेका थिए ।
साउन ३ गते बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर घर फर्किने क्रममा साँझ राप्ती नदीमा बगेर कुमाल बेपत्ता हुनुभएको थियो । बेपत्ता कुमालको आज राप्ती नदीमा शव फेला परेको लमही नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष भेषबहादुर केसीले जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष केसीले भन्नुभयो, ‘‘कामका लागि राजपुरको सिक्टा गएका कुमाल फर्किने क्रममा नदीमा बगेर बेपत्ता हुनुभएको थियो । आज उहाँको शव फेला परेको हो ।’ कुमालले कुवा खन्ने काम गर्दै आउनुभएको थियो ।