• ३० वैशाख २०८२, मङ्गलबार

सडेको अवस्थामा शव फेला

blog

जानु पाण्डे

कपिलवस्तु, साउन ८ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेलापरेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो । 

गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीनजिकै फेला परेको शव स्थानीय ५० वर्षीय राम सहनी यादवको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउन ६ गते घरायसी विवादका कारण यादव घरबाट निस्केका थिए । 

स्थानीयले मृत अवस्थामा यादवलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।