झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ ।
भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो ।
रातिदेखि परेको वर्षातका कारण देउखुरीको अधिकांश भाग डुबानमा परेको छ । देउखुरीको गढवा, राप्ती राजपुर र लमहीका धेरै भागहरु डुबानमा परेपनि हालसम्म मानविय क्षती भने भएको छैन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाउनुभएको छ ।
पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रुपमा विकसित भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ ।
वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको सङ्गम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको आवेग हेर्न पनि म औधी लोभिन्छु । निलसागरमा बेगिँदै बटारिँदै उर्लिने सामुद्रिक ज्वारभाटाले मनमा आनन्दको ज्वार पलाउँछ । छाँगाबाट वेग हान्दै झर्ने झरनाले हृदय विमोहित गर्छ । प्रकृतिका हर वेगहरूमा आवेगहरूमा आफ्नै जीवनको उद्याम वेग देख्छु म । यी वेगहरूले मभित्र जीवनको उत्कट आशावाद अभिसञ्चार गर्दछन् । भर्खरै गगनपथबाट बेगिँदै बटारिँदै रौद्र गर्जना ओकल्दै आएको कालो बादलले एक झर पानी झा¥यो । खङ्ग्रङ्ग सुकेको धर्तीबिच जीवनका अङ्कुरण पलाउन थाले । वर्षात् छर्नुअघि वेग हेर्न ल्याएको थियो । हुलका हुल बादलहरू एक अविराम वेगमा पूर्वबाट पश्चिम दौडिरहेथे । धुनियाले पल्लामाथि रुवा फिँजाए झैँ छिनभरिमा आकाशको पल्लाभरि मेघजाल फिँजियो र निमेषभरमै पानीका दाना ओइरिन थाले । प्रकृतिका यिनै वेगले मलाई भित्रबाट छुन्छन् । भित्र
मन्दिर परिसर भरिभराउ छ भक्तहरूको भीड लाइनमा देखिन्छ
पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाउनु भएन ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।
कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा जारी रहेको छ ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताउनुभएको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उहाँले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क अनुसार ६२ सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका छन् ।