जिल्लाको सबैभन्दा ठूलो र सुन्दर फाँटको रूपमा रहेको झिमरुक फाँटमा रातारात मोटरबाटो निर्माण गर्न थालिएको छ । स्थानीय तहले जग्गा वर्गीकरण गर्न थालेपछि बाह्रै महिना कृषि खेती हुने झिमरुक फाँटमा जग्गा धनी र जग्गा व्यवसायी मिलेर बाटो बनाउन थालेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज (मङ्गलबार) बिहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्ष गर्न सदस्यहरुको नाम हेरफेर गर्नुहुने छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ ।
विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताउनुभएको छ ।
शहीद सप्ताहको पहिलो दिन आज (मङ्गलबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ ।
आज (मङ्गलबार) सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक १ बजेर १ मिनेटमा बस्दैछ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले सफलता हात पारेको छ । सोमबार राति भएको खेलमा टोट्टनहामले फुलहामलाई उसैको मैदानमा १-० गोलले हरायो ।
भीरबाट लडेर बुबाको मृत्यु भएपछि प्युठानको झिमरुक गाउँपालिका ३ बादिकोटका तीन जना बालकको बिचल्ली भएको छ । स्थानीय वसन्त सामतको मृत्यु भएपछि उहाँको श्रीमती र सन्तानको बिचल्ली भएको हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ इमिलियाको कृषि फर्ममा आगो लाग्दा २९ बाख्राको मरेका छन् । सोमवार राती ११ः३० बजे भएको आगलागीमा अनुमानित १२ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका वरिष्ठ प्रहरी नायव निरीक्षक दीपेन्द्र राज गिरीले बताउनु भयो ।
मृत्युको रूप–आकार केही देखिन्न तर यो कहीँ–कतै छैन पनि होइन यो आउँछ समय–गणित मिलाएर तर आफ्नो इच्छाले होइन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।