• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुखबीच भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. अल्भारो लारियोबीच भेटवार्ता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेशनल फण्ड फर एग्रिकल्चरका प्रमुख डा. एल्भारो लाइरोबीच भेटवार्ता भएको छ ।

तीनदिने इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र एग्रिकल्चरका प्रमुख डा. लाइरोबीच आइएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाका समिक्ष, आइएफएडी र नेपालबीचका सम्बन्धलगायतका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीका निजी सचिवालयका अनुसार नेपालमा कृषि क्षेत्रमा आइएफएडीले विभिन्न परियोजना सञ्चालित छन् ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पनि भेटवार्ता भएको थियो । उक्त भेटमा द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो ।

उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।