एक वर्षमा स्वदेशी र विदेशी लगानी उद्योग सञ्चालनका लागि साढे दुई खर्ब लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा स्वदेशी र विदेशी उद्योग सञ्चालन गर्न दुई खर्ब ५२ अर्ब रुपियाँ लगानी प्रस्ताव आएको हो । गत वर्ष ३२२ वटा स्वदेशी उद्योग दर्ता भई ती उद्योगमार्फत दुई खर्ब १४ अर्ब प्रस्ताव आएको तथ्याङ्क छ । सो अवधिमा सबैभन्दा धेरै १८६ वटा साना उद्योग दर्ता भएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव गर्नुभएको छ। ४१ औँ बीपी कोइराला स्मृति सप्ताहका सन्दर्भमा मङ्गलबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा मन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममै नेताहरूको सम्पत्ति छानबिन गर्ने भएकाले यसका निम्ति आयोग गठन गर्नुपर्ने बताउनुभएको हो।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको छ। आइतबारदेखि मुद्दा अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश भए पनि मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो। बुधबारसम्म बहस सक्न इजलासले दुवै पक्षलाई आग्रह गरेको छ। नियुक्ति विवादको मुद्दा लम्बिदा कोशीमा सरकारको विश्वासको मत प्रक्रिया तथा अन्य नीतिगत र दीर्घकालीन निर्णयसमेत रोकिएका छन्।
अबदेखि विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले स्वैच्छिक रूपमा राज्यको खर्चमा विदेश गएर उपचार गर्न नपाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि ‘विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति’ गठन गरेको छ । विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा उपचार सम्भव नभएमा मात्र विदेशमा उपचार गर्न पाउने र त्यसका लागि विशेषज्ञ समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित लोहजारा दह नजिकैको खेतमा रोपाइँ सकिएपछि हरियाली भएको धानबाली ।
जानकारले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिनुभएको छ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल सहभागिता नजनाउने निर्णय गरेको छ। सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मन्त्रालय भागवण्डा नमिलेकाले प्रदेश सरकारमा नजाने निर्णय गरेको हो। सो पार्टीले दुई मन्त्री र दुई राज्यमन्त्री पाउनु पर्ने जिकिर गरेको छ।
लुम्बिनी प्रदेश सभामा निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रस्तुत भएको छ।
रुकुम पश्चिममा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरूले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्धता जनाएका छन् ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठुलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानामा रहेको दानव नदीमा दाउरा खोज्न गएको बेला बाढीमा फसेका पाँच जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
दाङमा यात्रु वाहक बस अनियन्त्रित भएर टिप्परमा ठोकिँदा १७ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अनियमितताका फाइल खोल्नु उचित भएको बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।