स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला एक लाख पाँच हजार तीन सय रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एकै दिन तोलामा एक हजार रुपियाँ बढेर एक लाख छ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइए पनि अस्पतालका लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना गरिएको मेथिनकोट अस्पताल २०६६ फागुन ५ गते १५ शय्या हुँदै आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकार मातहत आएको थियो ।
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापी रूपमा देखा परेको आर्थिक मन्दी र त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव नेपालमा पारिरहेको परिपेक्ष्यमा प्रधानमन्त्री प्रचण्डले देशको नेतृत्व गरिरहनुभएको छ । त्यसलाई स्वयं प्रधानमन्त्रीले चुनौतीपूर्ण अवसरका रूपमा संश्लेषण गर्दै आउनुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचित जनप्रतिनिधि मात्रैले प्रादेशिक संरचना सफल नहुने बताउनुभएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार गोष्ठीमा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लोसपा अध्यक्ष ठाकुरले सङ्घीयता मजबुत बनाउन सङ्घले शक्ति विकेन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।
सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो ।
आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । सोही निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रले निजी मुद्रकलाई पाठ्यपुस्तक छपाइको प्रयोजनका लागि सूचीकृत हुन सूचना जारी गरेको छ । यसअघि कक्षा १–३ का मात्र पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो ।
यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ। पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन।
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो।
नेपालको पछिल्लो जनगणनाको वास्तविक तथ्यांक सार्वजनिक हुन अझै एक महिना लाग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
डडेलधुरा मेडिकल कलेजमा पोष्ट ग्राजुएट (एमडी एमएस) तहको पढाई सुरु गर्ने तयारी भइरहेको छ।
उपचाररत आचार्यको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको छ ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ। कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मौजुदा मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरी सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
राष्ट्रपति निर्वाचन समयमै गर्नुपर्नेमा विभिन्न दलका सांसदले जोड दिनुभएको छ। मंगलबार संसद बैठकपछि सञ्चारकर्मीसँगको जिज्ञासामा सांसदले यस्तो प्रतिक्रिया दिएका हुन्।