• १० पुस २०८२, बिहिबार

नदीमा फसेका पाँच जनाको उद्धार

blog

नदीमा फसेकाको उद्धारका लागि जाँदै सशस्त्र प्रहरीका उद्धारकर्ता । तस्बिरः सशस्त्र प्रहरी

काठमाडौं, साउन ९ गते । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १३ र १४ को सिमानामा रहेको दानव नदीमा दाउरा खोज्न गएको बेला बाढीमा फसेका पाँच जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । 

मंगलबार सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले सकुशल पाँच जनाको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।