सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्य हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले ।
टीकापुर इन्दै्रयाका माघु थारू स्थानीयस्तरमा जमिनदारका रूपमा परिचित हुनुहुन्छ। उहाँसँग कुनै समय ३० बिघा आठ कट्ठा १२ धुर जग्गा रहेको थियो। यतिको जग्गाका मालिक माघुका सात छोरा र एक छोरी छन्। जमिनदार माघुले २०३५ सालमा दुई जना आश्रित (टुहुरा) भुखाली र छेदु तथा कमैया भोंदु र कुकुरा गरी चार जनालाई नौ बिघा १६ कट्ठा ११ धुर जग्गा बकसपत्र गरिदिनुभयो। यतिको जग्गामध्ये केही अंश दुई जना टुहुरा र दुई जना कमैयालाई दिँदा केही फरक नपर्ने सोच अनुसार उहाँले जग्गा बकसनामा गरिदिनुभयो।
दैलेखको कोटिलामा ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ। नारायण नगरपालिका–१ र ९ र दुल्लु नगरपालिका–११ को सिमानामा निर्माण गर्न लागिएको तालका लागि लगानी जुटाउन पहल थालिएको हो। प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको छ। पुनः डिपिआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोही अनुसार लगानी जुटाउन पहल भइरहेको छ। गौरवको आयोजनाका रूपमा हेरिएको पञ्चकोशी ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृ निकायसँग समेत छलफल भइरहेको जनाइएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बुधबार अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पु-याएको छ। बाढी र पहिरोले कतै घरहरू डुबानमा परेका छन् भने कतै नदीमा फसेका मानिसको उद्धार गरिएको छ । पहिरोका कारण विभिन्न ठाउँमा भौतिक संरचना भत्केका छन् भने कतै सवारीसाधन समेत बाढीले बगाएको छ।
झमझम झरी पर्नुपर्ने साउन महिनामा चैत, वैशाखमा झैँ हावा चलेर खडेरी लम्बिँदा सर्लाहीसहित तराई क्षेत्रका किसान चिन्तित बनेका छन्। पानी नपर्दा यहाँ धान रोपाइँ प्रभावित बनेको छ भने रोपिसकेको रोपो सुक्न थालेको छ। वर्षाले साथ नदिँदा सुत्ला लाग्न लागेको मकै बाली सुक्न थालेको किसानले गुनासो गरेका छन्। धान खेती हुने फाँट बाँझो छन्। “साउनको यो खडेरीले हामी किसानलाई अत्याँएको छ, पानी नभएर रोपाइँ गर्न पाइएको छैन,” लालबन्दी नगरपालिका–५ का किसान कमलप्रसाद बरालले भन्नुभयो, “रोपाइँ भई सक्नुपर्ने खेतमा सुक्खा भएर कमिला दौडिएका छन्। यो वर्ष के खाने होला ! भन्ने चिन्ताले सताउन थालेको छ।”
मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् ।
लागुऔषध प्रयोगकर्ता झापा कमल गाउँपालिका–६ का विवेक ग्वालालाई विराटनगर–१६, हुलास चोकबाट प्रहरीले नियन्त्रणमा लियो। विभिन्न प्रकारका २६ एम्पुल लागुऔषध लिन झापाबाट ग्वाला भारतीय बजार जोगबनी आएर फर्किदाँ प्रहरीले पक्राउ गरेको हो। एकै दिन झापा र मोरङबाट प्रहरीले ग्वालासहित पाँच जनालाई पक्राउ गरेको थियो। पथरीशनिश्चरे–१ बाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित शैलेश गुरुङ, झापा बिर्तामोड–४, भद्रपुर रोडबाट एक ग्राम एक मिलिग्राम ब्राउनसुगरसहित रवि चौधरी, प्रियान्स साह र विशाल विकलाई पक्राउ ग¥यो। कोशी प्रदेशमा बढ्दो लागुऔषध प्रयोग र कारोबारले सुरक्षा चुनौतीसँगै युवालाई नराम्रोसँग कुलतमा फसाउन थालेको यो घटनाले पुष्टि गरेको छ। लागुऔषध प्रयोगकर्ता लतमा फसेपछि परिवारबाट टाढिने गरेका छन्।
इनरुवा नगरपालिकामा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा पुराना कला संस्कृतिको संरक्षण गर्न नेपाल उराउ आदिवासी जनजाति प्रतिष्ठानले उराउ जनजाति सङ्ग्रहालय निर्माण गरेको छ। इनरुवा नपा–२ को लक्ष्मीनारायण मन्दिर नजिकै संस्कृति पहिचान झल्किने उराउको जातीय पहिचानसहितको कला, कौशल र पहिरन, खेतमा काम गर्दाको बखत प्रयोग भएको सामग्री राख्ने गरी सङ्ग्रहालय निर्माण गरिएको हो।
सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा विपत् पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा उहाँले विपत् आउनु अगाडि नै प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरेर तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेका गोदाम घर चालु अवस्थामा राख्न पनि निर्देशन दिनुभयो। बैठकमा मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र प्रदेश विपत् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो।
भरतपुरबाट माडी प्रवेश गर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु भएको छ। हुलाकी सडकखण्ड अन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो। यो भत्केर आवतजावत गर्न समस्या भएपछि मर्मत सुरु गरिएको हो। माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जभित्रको सडकमा काम गर्न जटिल भएको बताउनुभयो। उहाँले सडकमा परेको खाल्टो, भत्केको स्थानमा पुरेर यातायात सहज बनाउन लागिएको जानकारी दिनुभयो।
खाद्य जीवन, संस्कृति र पहिचानको आधार हो । खानाकै लागि हामी काम गर्छौं । खाना आवश्यकता अनुसार उपलब्ध भएन भने व्यक्तिको जीवन–स्वस्य मात्र होइन, समाज, देश र विश्व सञ्चालन प्रणालीमै गडबडी सिर्जना हुन्छ । त्यसैले प्रत्येक व्यक्तिलाई आवश्यकता अनुसार पर्याप्त, पौष्टिक, स्वच्छ खानामाथि भौतिक एवं आर्थिक पहुँचको अवस्था अर्थात् खाद्य एवं पोषण सुरक्षामा विश्व समुदाय तरङ्गित हुने गरेको छ । यति खेर विश्व खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित खाद्य प्रणाली सम्मेल
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ । विद्यालयदेखि तलको जमिनमा पहिरोका कारण चिराचिरा भएसँगै कक्षा कोठा पहिरोको जोखिममा परेको हो ।