बारा जिल्लामा चालु आर्थिक वर्ष ०७९/०८० मा १,२१,०६२.५ मेट्रिक टन आलु उत्पादन भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बिचौलियाको काम गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरी आज (बुधबार) सार्वजनिक गरेको छ ।
रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट ‘च्यवनप्राश’ उत्पादन गरेको जनाएको छ। नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यवनप्राश’ उत्पादन गरेको हो। पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गर्ने गरी च्यवनप्राश उत्पादन गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले जानकारी दिनुभयो।
एपेक नेपालको आयोजनामा ‘मलाई मन परेको कविता’ शृङ्खला–२ मा २० जना अग्रज कविका चर्चित कवितामा २० जना अनुज पुस्ताका कविले प्रस्तुति दिनुभएको छ। गितारवादक अनुराग थापा र प्रसन्न हुमागाईंको बाँसुरीवादनमा कविताहरू वाचन गरिएका थिए। फरक शैलीमा आयोजित कार्यक्रममा कवि निमेष निखिलले श्यामलको कविता, अनिता न्यौपानेले राजेन्द्र शलभको कविता, रञ्जना निरौलाले स्नेह सायमीको, बाबा बस्नेतले मञ्जुलको, बाबु त्रिपाठीले वसन्त चौधरीको, विमल वैद्यले बैरागी काइँलाको, मोमिलाले तुलसी दिवसको, छविरमण
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने रष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगितामा ‘केपी ओली कप’ फुटबललाई पनि समावेश गरेको छ ।
प्रतिभाशाली गायिका पूर्णिमा लामा कलिलो उमेरमै साङ्गीतिक क्षेत्रमा स्थापित बन्नुभएको छ। डेढ दशकदेखि गीतसङ्गीत क्षेत्रमा सक्रिय लामाले हालसम्म चार/पाँच सयको हाराहारीमा गीत गाइसक्नुभएको छ। लामाको ‘आगो’, ‘बन्दुक र गोली’लगायतका गीतले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएको छ। यसबाहेक उहाँको ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’लगायतका गीत चर्चामा छन्।
यस वर्षको हिउँदे हिमपात सुरु भएको छ। मङ्गलबार बिहानदेखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। पहाडी जिल्लामा हिउँदे वर्षा भएको छ। हिमपातसँगैको बर्सातले जनजीवन प्रभावित भए पनि हिउँदे बाली लगाएका किसानलाई राहत भएको छ। यसपालि हिमपात र हिउँदे वर्षा हुँदैन कि भन्ने किसानलाई चिन्ता थियो तर मङ्गलबारदेखिको हिमपात र वर्षाले यो चिन्ता हटेको छ। हिमपातपछि चिसो पनि अत्यधिक बढेको छ।
सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मङ्गलबार हिमपात भएको छ। सुदूरपश्चिममा बाजुरा, दार्चला, बझाङ, बैतडी र डडेल्धुरालगायतका क्षेत्रमा हिउँदमा हिमपात हुने गरेको छ। सुदूरपश्चिमका तराईका दुई मात्र जिल्ला कैलाली र कञ्चनपुरमा समेत बिहानदेखि वर्षा भइरहेको छ। यस पटक डडेल्धुराबाहेकका उ
डडेल्धुरा मेडिकल कलेजमा पोस्ट ग्य्राजुएट (एमडी एमएस) तहको पढाइ सुरु गर्ने तयारी भइरहेको छ। सङ्घीय सरकारको चालू आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरेर डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने’ उल्लेख भएअनुसार भौतिक संरचना निर्माण तथा अन्य कार्य अघि बढेको छ।
माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदारी दर्ता हुने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।
प्रदेश १ का सांसदहरुले लोकतन्त्र वलियो हुनका लागि ‘खुला सरकार’ हुनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगले सोमबार विराटनगरमा गरेको ‘खुला शासन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी सांसदहरुले यस्तो धारणा राखेका हुन् ।
निर्माण व्यवसायीको लापरबाहीले दाङका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुल अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पक्की पुल अलपत्र परेका हुन् ।
नेपाल प्राचीन कालदेखि नै धार्मिक, सांस्कृतिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित रहेको इतिहास छ । यस सम्बन्धमा बेलाबेलामा हुने उत्खननबाट प्राप्त वस्तुले पुष्टि गर्दै आएको छ । शिलालेख, अभिलेख तथा प्राप्त ऐतिहासिक वस्तुको ऐतिहासिक तथ्यले यसमा थप पुष्ट्याइँ गरिरहेको हुन्छ । ऐतिहासिक कालमा नेपाल समृद्ध देखिन्छ । यसको वैभव तथा समृद्धिको जानकारी मठ, मन्दिर र तिनमा विद्यमान वास्तु अध्ययनका विषय हुन गएका छन् । काठमाडौँ बाहिरसमेत अनेक सहर र तिनको वास्तुकलाले नेपालको विस्तार र वैभवको अध्ययन गर्नेहरूलाई अनेक खुराक दिइरहेको छ ।
संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।