मेलम्ची नगरपालिका–६ का किसानलाई वितरण गर्न राखिएको हाते ट्रयाक्टर ।
सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन् ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिनुभएको छ।
भरतपुर –१९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि त्यसको उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुभयो । कुखुरापालन व्यवसाय गर्दै आउनुभएका उहाँले जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नु परेको हो ।
कर्णाली प्रदेशमा सरकार गठन भएको १४ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार छ जना मन्त्री नियुक्त गर्नुभएको हो।
सरकारले मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाउनुभएका विषयको छानबिन गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा मन्त्रिमण्डल विस्तार गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार आठ जना मन्त्रीको नियुक्तसँगै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक भएको छ ।
विगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मङ्गलसेन नगरपालिका वडा नं. ५ स्थित ऐतिहासिक मङ्गलसेन दरबार । सालको काठ सहजरुपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफूहरू गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ ।
सरकारले सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गराउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको हो ।
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ ।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ।