चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई जथाभावी सम्बन्धन दिन र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ ।
बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिनुभयो । उहाँको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।”
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदाममा छापा मारेको छ।
आदिकवि भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्ती नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा मनाएको छ।
सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
कार्यालयमा सेवा लिन आउँदा कर्मचारी झर्किने, बेवास्ता गर्ने र सहज रुपमा काम नगरी दिने गरेकोभन्दै सेवाग्राहीले प्रश्न गरेका छन्।
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ ।
यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो।
नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नुहुँदै बैठकमा निकै महत्वपूर्ण सुझाव संकलन भएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधवार ४२ लाख रुपियाँभन्दा बढीका तस्करी गरेर भित्र्याइएको मोबाइलका पार्टसहरु बरामद गरेको हो ।
बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका कारण एक जना विरामी पुरुषको मृत्यु भएको छ । मुगु खत्याड गाउँपालिकाका –११ का ६० वर्षीया बीर्खबहादुर कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । महासंघले गरेको सदस्यता वितरणसम्बन्धि निर्णय सच्याउन युनियनले माग गरेको हो ।
घाँस काट्न गएकी महिलाको भीरबाट खसेर मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका –३ लाक्षीमना निवासी उज्जली आउँजीको दिउँसो मृत्यु भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरूसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पाँच जना उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ । विभिन्न जिल्लामा कृषि कर्म गर्दैआएका उहाँहरूलाई प्रदेश स्तरीय उत्कृष्ट भीमदत्त कृषक पुरस्कार प्रदान गरिएको हो ।