• ९ मंसिर २०८१, आइतबार

कुलपति राई कोलकातामा सम्मानित

blog

कोलकातामा सम्मान ग्रहण गर्नुहुँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई ।

कोलकाता, साउन १० गते। आदिकवि भानुभक्त आचार्यको २१० ओैँ  जन्मजयन्ती  नेपाली जनकल्याण समिति कोलकाताले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा मनाएको छ। 

उक्त अवसरमा कुलपति राईलाई  अभिनन्दन गरिएको छ।  कार्यक्रममा भारतमा रहेका  नेपालीको उल्लेख्य सहभागिता रहेको थियोे। 

कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड कोलकाताका प्रबन्धक हेमनाथ पौडेल लगायतका व्यक्तित्व र विभिन्न स्रष्टाहरूसँग आपसी भेटघाट र  विमर्श गर्नुभएको थियो।

पश्चिम बङ्गाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४ औं अङ्कको विमोचन गर्नुभयो। सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित गर्ने गरिएको छ।

कार्यक्रममा पश्चिम बङ्गालका  सहकारी मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडक निर्माणको निर्णय भइसकेको जानकारी दिँदै भानुभक्त आचार्यको प्रतिमा बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, पत्रकार तथा कवि प्रकाश सिलवाल ,भारतीय प्राध्यापक डा. सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ, भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं, ‘बिहानी’ पत्रिकाका सम्पादक नरविक्रम थापालगायतले भानुभक्तको योगदानको चर्चा गर्दै विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न उहाँहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। 

 नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापाले विभिन्न समयमा साहित्यिक गोष्ठी, सम्मेलन, अन्तरक्रिया ,कार्यशाला, सांस्कृतिक प्रदर्शन ,  रक्तदान , एम्बुलेन्स सञ्चालन, गङ्गासागर मेलामा स्वास्थ्य उपचार शिविर सञ्चालन गर्दै आएको कुरा  जानकारी दिनुभयो।