जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ रोकिएको छ ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रा सहित हस्तान्तरण गरिएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा वसन्तपञ्चमी(श्री पञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
हिमाली बौद्धमार्गीहरुले मनाउने लोसार पर्वको अवसर पारेर 'लोसार मेला' बोलको गीत बजारमा ल्याएको छ । लोसार पर्व उत्सवका क्रममा मेलाहरू पुगेर माया लगाउने गीतको मुख्य बोल रहेको छ ।
जस्तै जुनेली नभ हुन्छ राम्रो झुल्के बिहानी पनि हुन्छ राम्रो । सदैव यौटै क्षण हुन्न राम्रो होस् एक त्यस्तै घरबार हाम्रो ।। १ ।।
१. परिवर्तन कसैको आँशु मोती हुन्छ कसैको आँशु पानी हुन्छ कहानी मोतीको आफ्नै कहानी पानीको आफ्नै झिँजा, दाउरा, मूढाको आफ्नै रापतापमै चम्किन्छ जीवन सुन झन झन खारिन्छ
लोकदोहोरी गायक असीमकुमार कटुवालको ‘सुन्दर दोलखा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिल्लाको पर्यटकीय महत्व र प्राकृतिक सुन्दरताको शब्दचित्रमार्फत वर्णन गरिएको भिडियो कटुवालले आफ्नै युट्युब च्यानलमा सार्वजनिक गर्नुभएको हो। प्रदीप परियारको शब्द, गायक कटुवालको सङ्गीत र विष्णु तमाङको एरेन्जमा गीतको भिडियो तयार भएको हो। भिडियोमा कुमार सुनेल, जुना कार्की, कविता महत, दीप खतिवडालगायतका कलाकारको अभिनय रहेको छ। गीतलाई निरेन श्रेष्ठले निर्देशन गर्नुभएको छ।
रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारका लागि अभियान सञ्चालन गरिरहेको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय बनाउने अभियान चलाइरहेको छ। सोही अभियानअनुसार नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।
पञ्चेश्वर गाउँपालिका–१, शेरीस्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थी टिनले बारिएको खुला चौरमा पढ्न बाध्य छन्। यद्यपि, विद्यालय भवन नभएर होइन। पुरानो भवन २०७८ सालको कात्तिकमा आएको बाढीले बगाएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण भएको छ। यद्यपि, भुक्तानी विवादका कारण विद्यार्थीले नयाँ भवनमा पढ्न पाएका छैनन्। भुक्तानी विवादले सो भवन निर्माण समितिले भवनमा ताल्चा लगाएको छ।
कृषक पानीको पर्खाइमा रहेका बेला सुदूरपश्चिमको कैलालीसहित विभिन्न जिल्लामा दुई दिनदेखि हिउँदे वर्षा भइरहेको छ। पश्चिमी निम्न चापीय प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
चितवनको माडीस्थित अयोध्यापुरीधाममा योजनाअनुसार प्रदेश र सङ्घ सरकारले काम नगरेपछि वडाले बजेट विनियोजन गरेर पूजाका लागि निर्माण कार्य थालनी गरेको छ। माडी नगरपालिका–९ मा रहेको प्रस्तावित अयोध्याधाम राम मन्दिरमा हवन कुण्ड, भान्साघर र पुष्प क्यारी बाल निर्माण कार्य अगाडि बढाएको हो। माडी नगरपालिका–९ नम्बर वडा कार्यालयद्वारा विनियोजित सात लाख रुपियाँ बजेटबाट राम मन्दिरवरपर फूलको क्यारी, भान्साघर र पूजाको हवन कुण्ड निर्माण सुरु भएको छ।
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाभित्र रहेका अति विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ। गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सङ्घ/संस्थाहरूसँगको सहयोगमा गाउँपालिकाभित्रका अति विपन्न परिवार पहिचान गरी घर निर्माण गर्ने तयारी थालेको हो।
सिन्धुपाल्चोकका उत्तरी हिमाली क्षेत्र हिउँबिनाको काला पत्थरमा परिणत हुन थालेका छन्। वर्षौंदेखि हेलम्बुको तार्केघ्याङ, मेलम्चीघ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टेघ्याङ, ठाडेपाटी, तार्तुङमा हिउँ पर्न छाडेको छ। उक्त पहाडहरूमा एकाएक हिउँ पर्न छाडेको हो। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा ती क्षेत्रमा हिउँ जम्न छाडेको हो।
कर्णाली प्रदेश अस्पतालले विशेषज्ञ सेवा दिन थालेपछि पछिल्ला वर्षमा कर्णालीवासीलाई उपचारका लागि निकै सहज भएको छ। केही वर्षअघिसम्म कर्णालीका बिरामी जटिल रोगको उपचारका लागि नेपालगञ्ज, काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो। अहिले सबैजसो उपचार सेवा कर्णालीमै सम्भव भएपछि उक्त बाध्यता हटेको छ। कर्णाली प्रदेश सरकारको एक मात्र ठूलो स्वास्थ्य संरचना भएको प्रदेश अस्पतालले सेवामा बढोत्तरी गर्दै लगेको छ। स्वास्थ्य क्षेत्रमा एकपछि अर्को सेवा थप्दै जाँदा नागरिकको स्वास्थ्य सुरक्षाको अधिकार सुनिश्चित हुँदै गएको जनस्वास्थ्यका जानकार बताउँछन्।