वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) शाखाले विभिन्न माध्यमबाट इपिएस रोजगारीका विषयमा गलत सूचना फैलाउने काम भएकाले त्यस्ता सूचनाप्रति सचेत रहन आग्रह गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक मसान्तभित्रै ठेक्का लगाउन निर्देशन दिनुभएको छ । सबै मन्त्रालयका सचिवसँग बुधबारको सामूहिक छलफलमा उहाँले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर कात्तिकभित्र ठेक्का लगाउन निर्देशन दिनुभएको हो ।
महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कथानक चलचित्र ‘महानगर’ ‘वान् नाइट इन् काठमाडौँ’ भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी क्षेत्रमा उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँच वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बनाउने भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लगभग ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ तर अरू वर्ष झैँ यस पटक रासायनिक मलको हाहाकार झेल्नु नपरेको बताइएको छ ।
‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अङ्किता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ ।
चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गोरखापत्र दैनिकका पत्रकार सुकृत नेपाललाई पुरस्कृत गरेको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा उत्कृष्ट समाचार लेखन गरेबापत उहाँलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले दी राइजिङ नेपालकी पत्रकार रेनुका ढकाललगायत विभिन्न सञ्चार माध्यममा कार्यरत अन्य तीन जनालाई पनि पुरस्कार प्रदान गरेको छ ।
यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।
महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगले खोटाङमा रोपाइँ प्रभावित भएको छ । ‘लम्पी स्किन’ रोगले जोत्ने गोरु मरेपछि धान हरियो हुनुपर्ने समयमा किसानको खेत बाँझै छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो ।
नेपालका ५३६ मध्ये पाँच सय वटा सामुदायिक क्याम्पसमा एक सयभन्दा कम विद्यार्थी छन् । पछिल्ला केही वर्षयता विश्वविद्यालय र क्याम्पसले विद्यार्थी चरमको अभाव झेल्न थालेका छन् । कृषि तथा वन विश्वविद्यालयमा कोटाको करिब ६० प्रतिशत सिट पूर्ति हुन सकेको छैन । इन्जिनियरिङ कलेजले सिट सङ्ख्याको करिब ४० प्रतिशत विद्यार्थी भर्ना पाएनन् । निकै स्तरीय मानिएको काठमाडौँ विश्वविद्यालयले समेत यति बेला पूर्ण सङ्ख्यामा विद्यार्थी भर्ना गर्न पाएको छैन । प्राविधिक शिक्षामा करिब ५१ प्रतिशत सिट रिक्त छन् । आयुर्वेद शिक्षामा पनि विद्यार्थी भर्ना दर घट्दो दरमा छ ।
धनकुटा नगरपालिका–९, गुठीटारका पदमबहादुर राई गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नुहुन्छ । उहाँले करिब पाँच रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आउनुभएको छ ।
लगातारको वर्षाले सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा अवरोध भएको छ । इटीको–टिएमएस रेज जेभीले सुरुङ मार्ग अध्ययन गरिरहेको छ ।