डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रका मेडिकल पसल तथा फार्मेसीहरूले चिकित्सकको पुर्जाबिना नै औषधी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
मोडल एवं गायिका अनिता लिम्बूको नयाँ गीत ‘टिकटक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई लन्डनको चर्चित वाकम्यान्स स्टुडियोले निर्देशन गरेको हो । अनिताको नै शब्द र सङ्गीत रहेको गीतमा विषम आचार्यको संयोजन रहेको छ ।
‘मिस प्लस टु नेपाल–२०२३’ को उपाधि शिक्षा राणाले जित्नुभएको छ । ‘बेस्ट पर्सनालिटी’ को उपाधि पनि उहाँले नै पाउनुभएको छ । प्रतियोगितामा
काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।
बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिभर रोग जङ्गली बँदेलमा पनि फैलिन थालेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार लुम्बिनी प्रदेशस्थित बर्दिया राष्ट्रिय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखिएको हो ।
प्रदर्शनी मैदानको नामले परिचित नारायणी नदी किनार हिजोआज आन्तरिक पर्यटकका लागि गन्तव्य बनेकोे छ । नारायणी नदीको पुलदेखि उत्तरतर्फ समुद्री तट (सी बिच) कै झल्को दिने गरी पूर्वाधार निर्माण गरिएपछि यसको आकर्षण बढेको हो ।
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित पर्सा गाउँपालिका–४, जिंगडवामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मेलम्ची नगरपालिकाले आफ्नै स्रोतबाट वडा नं. ११ को फट्टेस्थित मेलम्ची नदीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । २०७८ असार १ को भीषण मेलम्ची बाढीले फट्टेको पक्की पुल बगाएपछि दुई वर्षसम्म अस्थायी रूपमा नदीमा ह्युमपाइप राखेर स्थानीयले आवतजावत गर्दै आएका थिए ।
पोखरा महानगरको बिच भाग हुँदै बग्ने फिर्के खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो देखिन्छ । केही ठाउँमा त केही व्यक्ति र संस्थाले खोलैमाथि भवनसमेत बनाएका छन् । फिर्केको सीमाङ्कन गर्न अहिले प्राविधिक सर्वेक्षण टोली फिल्डमा छ ।
गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने जलजला गाउँपालिका पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघुउद्यम क्षेत्रका लागि विकासको बलियो सम्भावना बोकेको स्थानीय तह हो ।
म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको बुलमा रहेको वागेश्वरी आधारभूत विद्यालय पहिरोको जोखिममा परेको छ ।
सङ्घीय संसद्को दुवै सदनबाट चालु आर्थिक वर्ष, ०८०।८१ को बजेट पारित भई कार्यान्वयनमा आएको छ । महिनौँ लगाएर गरिएको बजेटमाथिको छलफल कर्मकाण्डी मात्र भएकाले यसमा सुधारको आ
मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ साम दिनमा मङ्गलवार भएको ट्याक्सी दुर्घटनामा निधन यात्रुको सङ्ख्या तीन पुगेको छ ।
आधुनिक चिकित्सा प्रणालीको शुभारम्भ भएसँगै वीर अस्पताल स्थापना भएको हो । राणा प्रधानमन्त्री वीर शमशेरले विसं १९४५ (सन् १८८८) मा जनताका खातिर स्वास्थ्य
कर्णाली कोरिडोरको पिलु खोलामा डोजरले गाडी तार्दै आएको छ । बाजुराको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा बाढी आएको बेला डोजरको सहारामा गाडी तारिँदै आएको छ ।