गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ११ गते । ‘मिस प्लस टु नेपाल–२०२३’ को उपाधि शिक्षा राणाले जित्नुभएको छ । ‘बेस्ट पर्सनालिटी’ को उपाधि पनि उहाँले नै पाउनुभएको छ । प्रतियोगितामा याङ्सी दावा लामा ‘फस्ट रनरअप’ हुनुभयो । उहाँले पब्लिक च्वाइस रनरअप र भ्युअर च्वाइसको उपाधि पनि प्राप्त गर्नुभयो । त्यस्तै ‘सेकेन्ड रनरअप’ को उपाधि विशाखा श्रेष्ठले हात पार्नुभयो । उहाँले मिस कन्फिडेन्टको उपाधि पनि प्राप्त गर्नुभयो ।
मिस फोटोजेनिक कृतिका गौतम, भ्युअर्स च्वाइस रनरअप झरना अधिकारी हुनुभयो । त्यस्तै पब्लिक च्वाइस प्रियासा जोशी, मिस वाक स्वनिमा घलन र म्यानेजमेन्ट च्वाइसको उपाधि कृष्टिना प्रजाले प्राप्त गर्नुभयो । प्रतियोगिताको निर्णायकमा चलचित्र निर्देशक शाहिल खान, मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, सामाजिक अभियन्ता सङ्गीता रौनियार र नेपाल एयर होस्टेस एकेडेमीका प्रमुख कार्यकारी अधिकृत रेजिना तुलाधर हुनुुहुन्थ्यो । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको थियो ।