लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको हो।
सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी परित्याग गर्नु भएको छ।
२०७२ सालको भूकम्पले क्षतविक्षत भएको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पुनःनिर्माण सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने भएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड बिस्तार भएको तीन वर्ष पूरा हुँदा २३ प्रतिशत मात्र काम भएको छ । सडक विस्तारको काम सम्झौता भएको मितिले ४८ महिना भएको भए पनि सडक पुनः निर्माणको प्रगति भने निराशाजनक छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको बारेमा जानकारी लिनुभएको छ ।
मधेश र थरुहट आन्दोलनका क्रममा आन्दोलनकारी व्यक्तिमाथि झुठा मुद्दा लगाइएको भन्दै झुठा मुद्दा फिर्ताको माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदर्शन भएको छ ।
कैलालीको गोदावरी –१ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परी घाइते भएको चित्तलको उद्धार गरिएको छ । स्थानीय र वनकर्मीको टोलीले चित्तलको उद्धार गरेको हो ।
हुम्लामा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि आन्तरिक पर्यटक खुसी भएका छन् । लामो समयको प्रतीक्षापछि हिमपात भएकाले वातावरण सुन्दर देखिएको छ । हुम्लामा करिब दुई फिट बाक्लो हिमपात भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गर्नुभएको छ ।
माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा (एमाले) बाट कुमार दसौदीले मनोनयन दर्ता गर्नुभएको छ । मनोनयन दर्ताका लागि दिइएको समयअनुसार बुधबार दिउँसो १ बजे सत्तारूढ दलको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले केन्द्रीय सदस्य समेत रहनुभएका दसौदीले मनोनयन दर्ता गराउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकामा दादुराका विरुद्धमा आम बालबालिकालाई खोप लगाउनका लागि सहयोग गरिरहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले सो कुराको जानकारी दिनुभएको हो ।
मङ्गलबार दिउँसोदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा हिमपात तथा वर्षा भइरहेको छ । जिल्लाका तीन वटै पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गाउँपालिकाको लेकाली भेगमा तथा उच्च भू–भागमा हिमपात भइरहेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समस्या समाधानमा राजनीतिक दल केन्द्रित हुनुपर्ने बताउनुभएको छ । पार्टी स्कुल विभागद्वारा बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित अनुशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अमेरिकामा मङ्गलबार पनि अर्को गोलीकाण्ड भएको छ । यहाँका एक जनाले गोली हानेर तीन जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।