पछिल्लो समय धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई विवादै विवादमा मुच्छिनु भएको छ । धरान १४ स्थित हिन्दुहरूले पुज्ने मन्दिर अगाडि क्रिस्चियन धर्मको चर्च बनेपछि नगर प्रमुख राई थप विवादमा तानिनुभएको हो ।
गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका – २ भेडिखोरका मुक्तबहादर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किदा उहाँहरु घाइते हुनुभएको हो ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिनुभएको छ। देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किनुभएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका लागि सबै मन्त्रालयका सचिवलाई अर्थ मन्त्रालयमा सामूहिक छलफल गर्नुभएको छ ।
सरकारले सिंहदरबारस्थित पुरानो संसद् (ग्यालरी बैठक) भवनको प्रबलीकरण आगामी मङ्सिरदेखि सुरु गर्ने तयारी गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका दुई वटा विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको छ । खानेपानीको लागि कमजोर व्यवस्थापन रहेको मिक्वाखोला गाउँपालिका-३ लिबाङको पञ्चेश्वरी माध्यमिक विद्यालय र वडा ४ साँवाको साँवा माध्यमिक विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको हो ।
गैरकानुनी तरिकाले क्लिनिक सञ्चालन गर्दैआएका दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । इजाजतबिनै क्लिनिक सञ्चालन गरेको पाइएपछि धनगढीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिकास्थित खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता सेवा रोकिएको छ ।
साउन महिनाको हरेक सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले गलेश्वरधाममा चडाउने भेटी त्यसको भोलिपल्ट गणना गरेर सार्वजनिक गर्ने गरिन्छ ।
कावासोती नगरपालिकाले योजना सम्झौता वडाबाट नै गर्ने भएको छ ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रजातिका साढे ४ लाख बिरुवा उत्पादन गरेको जनाएको छ ।
प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज दिउँसो १ बजे बस्ने कार्यसूची रहे पनि विविध कारणले करिब दुई घण्टा ढिलोगरी बैठक सुरुभएको संसद् सचिवालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरूलाई विपद्को पूर्व आङ्कलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृतरुपमा समन्वय गरी काम गर्न निर्देशन दिनुभएको छ ।