• १२ साउन २०८१, शनिबार

सामुदायिक विद्यालयको गुणस्तरमा प्राथमिकता दिएका छौँ

blog

गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने जलजला गाउँपालिका पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघुउद्यम क्षेत्रका लागि विकासको बलियो सम्भावना बोकेको स्थानीय तह हो । पहाडी भौगोलिक बनावट भएको यो गाउँपालिका प्राकृतिक तथा सामाजिक विविधताले महत्त्वपूर्ण छ । 

पौराणिक महत्त्वको कालञ्जर हम्पालको लेकदेखि पवित्र कालीगण्डकीको तटसम्म यसको भूभाग फैलिएको छ । गाउँपालिकाका प्रमुख राजु आचार्यसँग गोरखापत्रका पत्रकार प्रनिश गिरीले गर्नुभएको कुराकानी :


 तपाईंले गाउँपालिकाको नेतृत्व गरेको एक वर्ष भयो कस्तो अनुभव गर्नुभयो ? 

पालिकाको बृहत्तर विकासका लागि अध्ययन, अवलोकन र तयारीमा केही समय व्यतित भयो । पहिलो वर्ष गाउँपालिमा सोचे जस्तो आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले प्रव्रिmयागत रूपमा काम गर्न सुरु गरेका छौँ । यसले गर्दा जनतालाई स्थानीय सरकारको अनुभूति भएको छ । पहिलो वर्षको अनुभवबाट आगामी वर्षमा के कस्ता योजना र कार्यव्रmम अगाडि बढाउने भन्ने सिकाइ 

भएको छ । 


 जलजला गाउँपालिकाको प्राथमिकता निर्धारण कसरी गर्नुभएको छ ? 

खास गरी शिक्षा र कृषिका क्षेत्रमा विकास केन्द्रित भएका छौँ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएका छौँ । शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरबन्दी मिलान तथा तह समायोजनको प्रव्रिmया अघि बढेको छ । गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार पारी एकदेखि आठ कक्षासम्म पढाइ सुरु गरिएको छ । पाठ्यपुस्तकलाई सफ्टवेयरमार्फत डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्थासमेत मिलाइएको छ । पालिकाभित्र बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई मासिक तीन हजार भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको सिकाइ व्रिmयाकलापलाई प्रविधिसँग जोड्न हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टिभीसहित एलएमएस प्रणालीको व्यवस्था छ । 

त्यसै गरी कृषि क्षेत्रको व्यावसायिक विकासका लागि आलुको पकेट क्षेत्र स्थापना गरी बिउ आलु उत्पादन सुरु भएको छ । बिउ आलु उत्पादनमा धौलागिरि क्षेत्रलाई नै आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । पालिकाको छ वटा वडाका कृषक समेटेर भैँसी पकेट क्षेत्र सञ्चालन गरेको छ । यसबाट कृषक लाभान्वित भएका छन् । पालिकाको गौरवको आयोजनाका रूपमा एकै साथ आठ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएका छन् । 


 आन्तरिक सुशासनका लागि तपाईंको पहल कस्तो रहेको छ ?

आन्तरिक सुशासन मजबुत र प्रभावकारी बनाउन मासिक रूपमा प्रत्येक शाखाका प्रमुखसँग बैठक बस्ने र कसरी जलजलावासीलाई बढीभन्दा बढी सेवा सुविधा दिने विषयमा छलफल हुने गरेको छ । हेल्प डेक्स, गुनासो सङ्कलन, कर्मचारी लकबुक व्यवस्था गरिएको छ । आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै जनतालाई छिटो छरितो र भरपर्दो सेवासुविधा प्रदान हुने व्यवस्था मिलाइएको छ । नागरिक सेवालाई भरपर्दाे पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग गरी स्मार्ट गाउँ बनाइने योजना छ । 


 पालिकाले समस्या चुनौती बेहोरेको छ ? 

सबैभन्दा ठुलो समस्या पर्याप्त बजेट नहुनु हो । पालिकामा सरकारले दक्ष र प्राविधिक जनशक्ति उपलब्ध गराएकै छ । हाम्रो पालिका राष्ट्रिय राजमार्गसँग जोडिएको हुनाले सहजै दक्ष प्राविधिक कर्मचारी उपलब्ध हुन्छन् । दक्ष जनशक्तिलाई काममा लगाउन योजना, कार्यव्रmम र बजेट अपुग हुने गरेको छ । 

पालिकामा बजेट कम हुँदा भने विकास निर्माणका काम हुन सकेको छैन । काम नभएपछि पालिकाका कर्मचारी खाली बस्नुपरेको छ । पालिकामा नै प्रदेश र सङ्घबाट परेको योजना र कार्यक्रममा प्राविधिक पनि उतैबाट आएर काम गर्छन् । सङ्घ र प्रदेशबाट विनियोजित बजेटबाट भइरहेको विकासका काममा स्थानीय प्राविधिकलाई खटाउन सके राज्यको खर्च बचत हुने थियो । 


 पालिकाको आन्तरिक आय वृद्धिका लागि कसरी काम भइरहेको छ ? 

आन्तरिक आय वृद्धिका लागि पर्यटकीय गन्तव्यको खोजी गरी प्रवर्धनका गतिविधि गरिँदै छ । आन्तरिक स्रोत बहाल कर, घर भाडा कर, विज्ञापन करलगायतलाई व्यवस्थित बनाउने काम भएको छ । ढुङ्गा, गिटी, बालुवाको घाटगद्दी गरी लिलामी गर्ने प्रक्रिया अघि बढाइने छ । पालिकाका नौवटै वडामा राजस्व वृद्धिका लागि सचेतनामूलक शिविर सञ्चालन गरिएको र आगामी दिनमा समेत राजस्व वृद्धि हुने गतिविधि गर्दै जाने कार्यव्रmम बनाइएको छ । 


 आगामी आर्थिक वर्षका लागि उल्लेखनीय योजना र कार्यक्रम के के छन् ? 

जलजला गाउँपालिकालाई खुला बहुसांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्न बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने पुख्र्यौली मारुनी, सोरठी, यानिमाया भजन कीर्तन लोकबाजालगायतको संरक्षण गर्दै छौँ । युवालाई गाउँमै रोजगारी सिर्जनाका लागि युवा उद्यमशीलता कार्यक्रम अघि बढाउने, विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिइने, गरिब र विपन्नलाई 

भनी थालिएको स्वास्थ्य बिमा कार्यव्रmमलाई निरन्तरता दिइने छ । गाउँका स्वास्थ्य चौकीलाई अझै बढी सुविधायुक्त बनाइने योजना र कार्यक्रम छ । 

 सङ्घ र प्रदेश सरकारसँग सहकार्य भइरहेको छ ? 

प्रदेश र सङ्घसँग हामीले पालिकामार्फत सम्बन्ध र सम्पर्क गर्न खोज्छौँ तर उताबाट बजेट र कार्यक्रममा हामीसँग समन्वय हुने गरेको छैन । बजेटक्रम स्थानीय जनताको आवश्यकता भन्दा पनि केही पहुँचवाला व्यक्तिको स्वार्थका लागि प्रयोग हुँदै आएको छ ।