शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १८ गते बुधबार बस्ने भएको छ
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आगामी फागुन ७, ८ र ९ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताउनुभएको छ ।
बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रूपमा काम गर्न नसकिएको बताउनुभएको छ ।
केबुल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडासम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदमा बसेका मन्त्रीले सङ्घीयता र गणतन्त्रको विरोध गर्न नमिल्ने बताउनुभएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो धारणा राख्नुभएको हो।
राष्ट्रिय सभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्नुभएको छ ।
रामबाबु गुरुङको निर्माणमा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा देख्न सकिनेछ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।