अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखको जिम्मेवारी सहसचिव डा. टोकराज पाण्डेयलाई दिएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक्लै हिँडेर गन्तव्यमा नपुग्ने भन्नुहुँदै टिम बनाएर अघि बढ्नुपर्ने बताउनुभयो। ४१ औँ बिपी स्मृति सप्ताहको अवसरमा आयोजित वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले देशलाई सम्पन्न गराउन यसको आवश्यकता रहेको धारणा राख्नुभयो।
गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नुभएको हो। गोरखा नगरपालिका वडा–३ का सुरज बस्नेत, गोरखा नगरपालिका वडा नम्बर १ की आकृति भट्ट, निर्मला ढुङ्गाना र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३ का जानुका आले मगर गृहमन्त्री श्रेष्ठको हातबाट परिचयपत्र पाउनुभएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले ताप्लेजुङस्थित टिपताला भन्ज्याङमा रहेको नेपाल–चीन सीमास्तम्भको निरीक्षण गरेको छ।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ ।
चाबहिलकी सरिता रिजाल दिउँसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उहाँमा चिन्ता थियो ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।
मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागूऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ ।
बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । निरन्तर झरिरहने दब्ल्लाङको पहिराले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्धविच्छेद गराउँदै आएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा कानुनी व्यवस्थाविपरीत कार्यरत शिक्षकलाई हटाउन लागिएको छ।
दाङमा अविरल वर्षासँगै खोलामा आएको बाढीले स्कारपियो बगाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको एउटा स्कारपियो खोलामा आएको बाढीले बगाएको हो ।
नवलपुरको देवचुली नगरपालिका औसत सिकाइ उपलब्धिमा उत्कट भएको छ । एसईई परीक्षा २०७९ मा नवलपुरको आठ स्थानीय पालिकामध्ये देवचुली नगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।
मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा ट्याक्सी (बोलेरो) दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।