लीलाधर वली
घोराही, साउन ९ गते । दाङमा अविरल वर्षासँगै खोलामा आएको बाढीले स्कारपियो बगाएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको एउटा स्कारपियो खोलामा आएको बाढीले बगाएको हो ।
तुलसीपुर उपमहानगरपालिका–१४ जनकपुरस्थित खोलामा आएको बाढीले तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मङ्गलबार बिहान ११ बजेतिर खोलामा आएको बाढीले घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई बगाएको थियो । अहिले बगाएको स्कारपियोलाई निकाल्ने प्रयास भइरहेको जानकारी दिनुभयो । स्कारपियोमा चालक मात्रै रहेको र उनको सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।