कोकिला भण्डारी
धनकुटा, साउन १० गते । नेपाल तरुण दल धनकुटाले अनाथ बालबालिकालाई शैक्षिकसहित खाद्यान्न सामग्री वितरण गरेको छ ।
४१ औं बीपी स्मृति दिवसको अवसर पारेर श्रीपञ्चमी पार्कस्थित बाल पुनर्स्थापना केन्द्रका अनाथ बालबालिकालाई सो सामग्री वितरण गरी सहयोग गरिएको हो ।
पुनर्स्थापना केन्द्रमा भएका १५ जना बालबालिकालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको तरुण दलका केन्द्रीय सदस्य तिलकबहादुर महतले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका अध्यक्ष दिनेश राई, सचिव विजय सन्तोषी राई र विकास घिमिरे, तरुण दलका केन्द्रीय सदस्य तिलकबहादुर महत, जिल्ला अध्यक्ष युवराज पराजुलीलगायतको उपस्थिति थियो ।