सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली बिहीबार पोखराको यातायात कार्यालय पुग्नुभयो।
चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ ।
जिल्लाका स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक तयार पार्न थालेका छन् । जिल्लाका दश वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
लम्पी स्किन रोगले दुध उत्पादन घटाएको कृषकले गुनासो गरेका छन्। गत कार्तिक महिनादेखि कपिलवस्तुमा फैलिएको लम्पी रोगले गाईमा सङ्क्रमण हुँदा दुध उत्पादन आधा घटेको छ।
साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिँदा पोर्चुगलले भियतनामलाई हराएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका –६, चुहानडाँडामा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको निधन भएको छ ।निधन हुनेमा आठराई गाउँपालिका –३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।
गत वर्ष वर्षा नहुँदा धान रोपाइँ हुन नसकेपछि सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि ३० प्रतिशत मात्र रोपाइँ भएको छ ।
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।
मकवानपुरका निर्माण व्यवसायीहरूले आफूहरूले काम गरेर पनि भुक्तानी पाउन बाँकी रहेको रकम तत्काल भुक्तानी दिन माग गरेका छन् ।
पाल्पामा ९० प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ हालसम्म ९० प्रतिशत सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
नेपाल प्रहरीले विभिन्न समय र स्थानबाट जफत भएका आठ हजार ८९६ हातहतियार नष्ट गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गर्नुभएको छ ।
सङ्घीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्ति सुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ।
अछाम र सुर्खेतका जनप्रतिनिधिले निर्माणाधीन वेतन कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी माग गरेका छन् ।