भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । २०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो ।
काठमाडौँ महानगरपालिका जनस्वास्थ्य विभागद्वारा सञ्चालित टेकुस्थित अकुपन्चर सेवा केन्द्रका सामग्री अलपत्र छन् । महानगरपालिकाद्वारा सञ्चालित अकुपन्चर केन्द्र रहेको जीर्ण टहरो भत्काइएको छ । अर्काे ठाउँको व्यवस्थापन गरिँदा अकुपन्चर सेवासँग सम्बन्धित सामग्री विगत एक वर्षदेखि महानगरपालिकाको नक्सा विभागको पाँचौँ तलामा अलपत्र पारिएका छन् । नसा च्यापिएको, पक्षाघात, मुख बाङ्गिने, टाउको दुख्ने, पिनास, अनिद्रा, नसा, हाडजोर्नी, बाथ, ढाड दुख्नेलगायतका समस्या भएका बिरामीले करिब २२ वर्षदेखि सेवा दिइरहेको सो केन्द्रले उपचार सेवा खुम्च्याइसकेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले माघको अन्तिम साता २८औँ क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तक्र्रिया गर्ने उद्देश्यले माघ २४ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेला आयोजना गर्न लागिएको जनाइएको छ ।
राम्रो बजार मूल्य पाउने आसमा किवी खेतीमा हौसिएका दोलखाका किसान उत्पादनले उचित बजार नपाउँदा निराश बनेका छन् । किवी उत्पादन राम्रो भए पनि बजार नपाएको उनीहरूको गुनासो छ । स्विस सरकारको परियोजना चल्दा बसेका स्विस नागरिकले २०४४ सालमा चरीकोट सिमपानीका श्याम खड्काको घरमा किवी रोपेका थिए तर आफूले त्यसको २० वर्षपछि मात्रै उक्त फल किवी भएको थाहा पाएको खड्काले बताउनुभयो ।
दमक–३ स्थित दापगाछीमा निर्माणाधीन देशकै अग्लो ‘दमक भ्यूटावर’
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) जित्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालय मातहतका कार्याल्यमा शौचालय सफाइ अभियान सुरु गरिएको बताउनुभएको छ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिभिन्न प्रकारका कुलत तथा लागुऔषधमा युवाहरु फस्दैगएको जनाउँदै यसलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचर नियन्त्रण गर्नु रहेको बताउनुभएको छ।
गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –२, छापटोलास्थित कोठा भाडामा बस्दै आउनुभएका काठमाडौं टोखा नगरपालिका –२ सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री मृत फेला पर्नुभएको हो ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका –११ मा रहेको आदर्श बिद्या मन्दिर (एवीएम स्कुल) मा कक्षा ११ र १२ मा सामाजिक विषयमा अध्ययनरत बिद्यार्थीले खाजा तथा तिहारमा देउसीभैलो कार्यक्रमबाट सङ्कलन भएको रकम आगलागी पीडित एकल महिलालाई सहयोग गरेका छन् ।
जुम्ला जिल्लाका तत्कालीन स्वास्थ्य कार्यालय प्रमुख अङ्गदबहादुर शाहीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ।
सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ ।