कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको फुगाड खोलामा बनाइएको बेलिब्रिज बगाएको तीन वर्ष भए पनि पुनर्निर्माण हुन सकेको छैन। फुगाड खोलाको सिरानमा खुला पाटन भएकाले पानी पर्ने बित्तिकै बाढीका रूपमा बग्ने भएकाले यातायातसँगै पैदल हिँड्नेले दुःख भोग्दै आएका छन्। फुगाड खोला नजिकै बसोबास गर्नुहुने
बराहताल गाउँपालिकाको रानीघाटस्थित भेरी नदीमा पुल बनाउन थालेको ११ वर्षपछि नयाँ टेन्डर खोल्ने तयारी थालिएको छ। प्रतिनिधि सभा सदस्य हृदयराम थानी, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, पुल महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यलगायतको टोलीबिच भएको उक्त पुलसम्बन्धी छलफलपछि विभागले नयाँ ठेक्का गर्ने निर्णय गरेको हो। पुनः ठेक्का प्रक्रियामा जानुपूर्व पहिले बनेका संरचना पुनः प्रयोग गर्न मिल्ने/नमिल्ने विषयमा अध्ययन गरिने बताइएको छ।
नवलपरासीपूर्वको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामको शिलान्यास भएको पाँच वर्षसम्म पनि उल्लेखनीय काम हुन सकेन। सुरुका वर्षमा केही काम भए पनि अहिले सबै बन्द भएपछि नमुना सदरमुकाम बन्ने सम्भावना टर्दै गएको छ। २०७६ साल वैशाख ७ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको नमुना सदरमुकामको कुनै पनि भौतिक पूर्वाधार निर्माण सुरु हुन सकेको छैन। अहिले त यहाँ आएको झन्डै ५० करोड बजेट काम नभएपछि फ्रिज भएर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गोरखाको सहिद लखन गाउँपालिकाका किसान रेसमकिराको खेतीमा आकर्षित हुँदै गएका छन्। गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेसमकिराको खेती गरिएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले गाउँपालिकाको घैरुडस्थित ज्यामिरे स्वाँरामा किसानले मनकामना रेसम खेती समूह निर्माण गरी रेसमकिराको खेती गरेको जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् । उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।
लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ ।
कैलाली भजनीस्थित कान्द्रा नदीमा रहेको झोलुङ्गे पुल कटानको जोखिममा परेपछि त्यसलाई जोगाउन जैविक तटबन्ध निर्माण गर्न थालिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा जनश्रमदान गरी चार सय मिटर लामो जैविक तटबन्ध बनाउन थालिएको हो । भजनी नगरपालिकाका वडा नम्बर ४ र ९ लाई जोड्ने झोलुङ्गे पुललाई जोगाउन जैविक तटबन्ध बनाउन थालिएको ४ का वडाध्यक्ष जनताराम चौधरीले बताउनुभयो । अम्मारीस्थित कान्द्रा नदीमा सङ्घीय सरकारको लगानीमा गत वर्ष मात्रै झोलुङ्गे पुल बनाइएको हो ।
आलिताल गाउँपालिका–१ स्थित मालागाउँ र भोकागाउँका बासिन्दा पहिरोको त्रासका कारण नजिकको विद्यालय भवनमा रात बिताउन बाध्य भएका छन् । मालागाउँ र भोकागाउँका गरी २२ परिवार जनज्योति आधारभूत विद्यालय सियलामा बस्दै आएका छन् । गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले दुइटै गाउँ पहिरोको जोखिममा रहेकाले यस्तो अवस्था आएको जानकारी दिनुभयो ।
जनकपुरधाम हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण स्थल हो। महर्षि जनकको पुण्यभूमि र माता जानकीको पवित्र जन्म स्थल भएकाले जानकी मन्दिर दर्शन गर्न आउने स्वदेशी विदेशी पर्यटकको सङ्ख्या निकै ठुलो हुने गरेको छ। जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणि मण्डपलगायतका पौराणिक, धार्मिक र ऐतिहासिक स्थलले गर्दा यो स्थान तीर्थालुको आस्था र श्रद्धाको केन्द्र हो। २५ वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा कृषि, व्यापार र उद्योगधन्दा रहेका छन्। गत वर्षको स्थानीय तह निर्वाचनमा यो उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोजकुमार साह निर्वाचित हुनुभएको छ। प्रमुख साहसँग गोरखापत्रका विजयकुमार साहले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश :
दोलखाको कालिञ्चोक कुरीका होटेल व्यवसायीहरूलाई स्थानीय प्रशासनले होटेलमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।
फुङ्लिङ नगरपालिका–८, दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भिरमा खसेको सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ। ठुलाठुला चट्टानसहित खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार बिहान २ बजेतिर सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको हो। सडकमाथिबाट खसेको सुक्खा पहिरो हटाउने कार्य बिहानैदेखि सुरु गरिएको थियो।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।
भीमेश्वर नगरपालिका–४ मा रहेको सर्व माध्यमिक विद्यालयले सुरु गरेको तीनवर्षे बाली विज्ञान (प्राविधिक धार) मा नगरका विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका छन्। सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आउन थालेपछि यो अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्राविधिक धार तीन वर्षअघि नगरपालिकाको पहलमा सिटिइभिटीबाट स्वीकृत भई सञ्चालनमा आएको हो।
हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै चखेल, देउराली भएर काठमाडौँको सतुङ्गल जोड्ने मार्ग मर्मतमा स्थानीय आफैँ जुटेका छन्। हेटौँडा र काठमाडौँ जोड्ने सबभन्दा छोटो सडक भएकाले सुमो र साना निजी सवारीसाधन यहाँबाट आवतजावत गर्छन्। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको मकवानपुरतर्फ भन्दा काठमाडौँतर्फको सडक बिग्रिएको छ। दुवै खण्डको काममा ढिलाइ र लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र सडक निर्माण सरोकार समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायको ध्यानाकर्षण गराएका थिए।
नेपाली कांग्रेसले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गरेको छ । साउन २ देखि आठ दिन चलेको पार्टी केन्द्रीय समितिको बैठकले भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून् भन्ने पार्टीको नीति सार्वजनिक गरेको छ। सत्तारूढ सो पार्टीले भ्रष्टाचार र सुशासनको क्षेत्रमा १३ बुँदाको सैद्धान्तिक प्रतिबद्धता अगाडि सारेको छ। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरी पारदर्शी अभ्यास थालेको कांग्रेसको यो बैठक स्वयम्मा ऐतिहासिक हुने देखिन्छ । बैठकले सङ्गठन सञ्चालनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ नै, थप जनसरोकारका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।