• २० वैशाख २०८३, आइतबार

बेलिब्रिज बगाएपछि सास्ती

blog

कालीकोट समाचारदाता

कालीकोट, साउन १२ गते । कर्णाली कोरिडोर अन्तर्गत कालीकोटको फुगाड खोलामा बनाइएको बेलिब्रिज बगाएको तीन वर्ष भए पनि पुनर्निर्माण हुन सकेको छैन। फुगाड खोलाको सिरानमा खुला पाटन भएकाले पानी पर्ने बित्तिकै बाढीका रूपमा बग्ने भएकाले यातायातसँगै पैदल हिँड्नेले दुःख भोग्दै आएका छन्।

फुगाड खोला नजिकै बसोबास गर्नुहुने रास्कोट नगरपालिका–८ का प्रभाकर बरालका अनुसार सामान्य पानी पर्दा पनि बाढी आउने गरेको खोलामा तत्काल पुल बनाउनुपर्ने अवस्था छ। फुगाड खोला रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका बिचको सिमा क्षेत्रमा पर्दछ। फुगाड खोला ठाडो भएकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि निकै जोखिमपूर्ण रहेको छ।

२०७८ सालको जेठमा नेपाली सेनाले कर्णाली कोरिडोर सडक विभागलाई हस्तान्तरण गरेको थियो। सडक विभागले कोरिडोर बुझेपछि खोलाका पुल र सडकले मर्मत गरेको छैन। त्यहाँ रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको थियो। सडक डिभिजन हुम्ला कार्यालयले बजेट अभाव भएको बताउँदै आएको छ।