अवैध रुपमा जडीबुटी विक्री वितरण गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीले जुम्लाका एक जना खुद्रा व्यापारीलाई पक्राउ गरेको छ ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन ।
करदाता सेवा कार्यालय ओखलढुङ्गाले राजस्व सङ्कलन दर वृद्धि गरेको छ ।
एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ ।
धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र पशु स्वास्थ्य प्राविधिकहरु औषधिसहित बिरामी परेका पशुको उपचारका लागि किसानको गोठमा पुगेका छन् ।
एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानसहित बाँकेका तीन जना पत्रकार र एकजना प्रहरी अधिकृतलाई सम्मानित गरिएको छ ।
नेकपा (एमाले) संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेश बमोजिम अहिले आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभएको छ ।
कैलालीको टीकापुरमा कानुनतर्फ ‘बीएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो ।
बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९/०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो ।
विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं वार्षिकोत्सव मनाएको छ ।
कैलालीमा बालबालिकादेखि अन्य उमेर समूहका व्यक्तिहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ ।
रिघा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराेले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिनुभयो ।
क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छभने ४० जनाको उद्धार गरिएको छ ।