डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।
लोकतान्त्रिक मूल्यमान्यतामा आधारित शासन व्यवस्थालाई लोकतन्त्र भनिन्छ । यो जनमैत्री शासन पद्धति हो । जनताले चुनेको जनप्रतिनिधिले जनताका लागि (शासन गर्ने ) स्वव्यवस्थापन गर्ने शासन पद्धति हो । लोकतन्त्रको आधारभूत सिद्धान्त के हो ? यसको मूल्य मान्यता के के हुन् ? यसको अभ्यासमा के कस्ता चरित्र हुनु पर्छ ? भन्ने विषय लोकतान्त्रिक पद्धतिमा बुझ्न र बुझाउनु पर्छ । लोकतान्त्रिक मूल्य मान्यतामा सार्वभौमसत्ता जनतामा निहित हुन्छ भनिन्छ । कानुनको शासन, स्वतन्त्र न्यायपालिका, जनउत्तरदायी सरकार, शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रण, स्वस्थ प्रतिस्पर्धा र रचनात्मक प्रतिपक्ष लोकतान्त्रिक मूल्य
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
संसदीय राजनीतिक प्रणालीको सुरुवात र विकास विदेशमा भएको थियो । यसको कार्यान्वयन तुलनात्मक रूपमा राम्रो देखिएकाले विभिन्न कारणले नेपालले पनि केही वर्षदेखि यो प्रणाली अपनाउँदै आएको छ । राजनीतिक प्रणाली अनुसरणको सिलसिलामा विदेशमा संसदीय प्रणाली सफल हुनमा अनुकूल वातावरण तयार गर्ने पक्षबारे पनि यथासम्भव जानकारी हुनु आवश्यक छ । जिम्मेवारी र उत्तरदायित्व दुई यस्ता महत्वपूर्ण संवैधानिक प्रावधान र परम्परा हुन्, जसको प्रभावकारी कार्यान्वयनले प्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
चीन र अमेरिकाबिचको तनाव केही घटेको छ । विश्वका प्रमुख यी दुई शक्ति राष्ट्रबिचको तनावले विश्व व्यवस्थामै ठुलो समस्या ल्याउने भनी सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका बेला भएको सम्बन्ध सुधारको सकारात्मक सङ्केत देखिन थालेको हो । व्यापार युद्ध र चिप युद्धले ठुलो अविश्वास पैदा गर्दा कूटनीतिक सम्बन्ध गम्भीर मोडमा पुगेको थियो । सानो कूटनीतिक पहलले मात्र दुई देशबिचको सम्बन्ध सुधार हुने नदेखेपछि यस पटक पुनः महान् कूटनीतिज्ञ डा. हेनरी किसिन्जरलाई नै अगाडि सारेर विवाद मिलाउने प्रयास गरिएको छ ।
देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।
नेपालमा त्रिभुवन चन्द्र कलेज (हाल त्रिचन्द्र बहुमुखी क्याम्पस) को स्थापनासँगै शैक्षिक पुस्तकालयको स्थापना भएको हो । यसैलाई शैक्षिक पुस्तकालयको व्यवस्थित सुरुवाती अवस्था मानिएको छ । शैक्षणिक अभिवृद्धिका लागि विद्यालय, महाविद्यालय, कलेज तथा विश्वविद्यालय स्तरका पुस्तकालयको अहम् भूमिका नकार्न सकिँदैन । विश्वविद्यालय अनुदान आयोगले
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच हाशमीबीच लैनचौरमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा शुभकामना आदान–प्रदान र द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।
आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको ‘ऐँचो पैँचो’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतमा सङ्गीतकार अविरल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।
चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुनुहुन्छ । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।
समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।
देशभरमा ८४ बिघाभन्दा बढी क्षेत्रफल ओगट्ने गरी बेवारिसे गाडी थन्किएका छन् तर तिनलाई व्यवस्थापन गर्ने कानुन छैन। विभिन्न प्रहरी कार्यालयमा थन्किएका नौ हजार ६४१ बेवारिसे सवारीसाधन व्यवस्थापन नहुँदा नेपाल प्रहरीको कार्यसम्पादनमा नै असर पुगेको छ। त्यस्ता सवारीसाधन लिलाम गर्न कानुन अभाव रहेको जानकारी दिँदै नेपाल प्रहरीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरेको छ तर कानुन बनाउन ठोस पहल भने भएको छैन। विभिन्न कारणले प्रहरीले बरामद गरेका बेवारिसे निजी सवारीसाधन लिलामी गर्न कानुनको अभाव भएको हो। सरकारी सवारीसाधनको हकमा भने यो समस्या छैन।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी तथा महासङ्घका समग्र सदस्यबिच बलियो एकता आवश्यक रहेको औँल्याउनुभएको छ । महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायीको एकल प्रयासले मात्र उपलब्धि हासिल हुन नसक्ने बताउँदै एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा व्यावसायिक हितका लागि सहकार्य र एकता आवश्यक हुने औँल्याउनुभएको हो ।