जगनाथ गाउँपालिका –५ को सिमल खोलाको झण्डै ६० मिटर सडकमा पहिरो जाँदा कर्णाली कोडिडोर अन्तर्गत पर्ने पुरै सडक अवरुद्ध भएको थियो ।
नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुँदैगएको छ ।
सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ ।
नेपालगञ्ज नाकाबाट तेश्रो मुलुकमा हुने जडिबुटीको निर्यात करिब ६० प्रतिशतले घटेको छ ।
अपराध नियन्त्रण गर्न मृत्युदण्ड प्रभावकारी हुने दाबी गर्दै आएको सिङ्गापुरले लागूऔषध तस्करीमा दोषी ठहरिएकी एक महिलालाई आज (शुक्रबार) मृत्युदण्ड दिएको छ ।
पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-०७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको हो ।
धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।
राष्ट्रिय सभा सांसद वामदेवगौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
बाँकेको खजुरा गाउँपालिकाले सडकको नयाँ ट्रयाक निर्माण, सडक मर्मत, आरसिसी-पिसिसी, सडक ग्राभेल तथा सडक कालोपत्रे गर्ने कार्यलाई गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।
विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
इन्धन आयात घट्दा समग्र भन्सार सङ्कलन पनि घटेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
विष्णु गाउँपालिकाको वडा नं. ३ र ४ को वडा कार्यालय तथा प्रहरी चौकी मधुवनगोठ एउटै जीर्ण भवनबाट सञ्चालन भइरहेको हो ।