राधा नेपाली
सन्धिखर्क, साउन १२ गते । सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारका कैदीबन्दीलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले टिभि र फ्रिज दुई थान, पानी फिल्टर गर्ने एक थान, प्रेसर कुकर र टर्च लाईटलगायतका सामग्री प्रदान गरिएको बताउनुभयो ।
उहाँका अनुसार कैदीबन्दीको दैनिकीलाई सहज बनाउँन माग भएका कारण सो सामग्री हस्तान्तरण गरिएको हो । नगरप्रमुख श्रेष्ठले नगरपालिका महिला कैदीबन्दीका लागि सिलाइकटाई तालिम सञ्चालन गर्ने योजनामा रहेको पनि बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजाललगायतको समूहले शुक्रबार कारागारमा गएर सामग्री हस्तान्तरण गराउनुभएको हो ।
अर्घाखाँची कारागारमा हाल ६१ जना पुरुष र नौ जना महिला गरी जम्मा ७० जना कैदीबन्दी छन् ।