• ९ मंसिर २०८१, आइतबार

तिलोत्तमामा ‘सिर्जनशील शुक्रवार’ अभियान

blog

तिलोत्तमा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायत सहभागी । तस्वीर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, साउन १२ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । 

नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार पाठ्यपुस्तकरहित सिर्जनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीले पाठ्यपुस्तक बोक्नु नपर्ने नीति लिइएको हो । 

तिलोत्तमा नगरपालिकाले एक सूचना जारीगरी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुदलगायतका सिर्जनात्मक काम तथा इमान्दारिता, अनुशासन, सदाचारितासम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।

‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाको आव २०८०–८१ का लागि प्रस्तुत एवम् स्वीकृत गरिएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तकरहित सिर्जनशील शुक्रवार कार्यक्रम सुरु भएको उल्लेख छ । नगर प्रमुख, नगर उपप्रमुख तथा विषयगत समितिका संयोजकको उपस्थितिमा नगर क्षेत्रभित्रका सबै  सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक बैठकबाट कार्यक्रमलाई प्राथमिकतासाथ अघि वढाउने निर्णय गरेको छ । 

सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयले प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुदलगायतका सिर्जनात्मक कामहरु तथा इमान्दारिता, अनुशासन, सदाचारितासम्बन्धि व्यावहारिक शिक्षा प्रदान गर्नु, गराउन अनुरोध गरिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो ।