धर्बेन्द्र झा
धनुषा, साउन १२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुनेभएको छ ।
एडीबीको सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाको ग्रामीण क्षेत्रलाई बजारसँग जोडन सञ्चालन हुने अर्वान रिसाइलेन्स एण्ड लिभाविलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (यूआरएलआइपी) मार्फत नगरको ताल तलैया र पोखरीको सौन्र्दयीकरण र कालोपत्रे सडक निर्माणको काम हुने आयोजना प्रोजेक्ट मैनेजर एवम बरिष्ठ इन्जिनियर बिरेन्द्र यादवले जानकारी दिनुभयो ।
सो कामकाज गर्न जनकपुरधाममा शुक्रबार एक कार्यक्रमबीच नगर प्रमुख मनोजकुमार साहले प्रोजेक्ट इम्पलिमेन्टेशन युनिट (पिआइयू) को कार्यालय उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख साहले नगरमा सञ्चालन हुने युआरएलआइपी आयोजनाले १६ वटा वडाबाट विस्तार भएर २५ वटा वाडामा फैलिएको जनकपुरधाम उपमहानगरपालिकाको सबै वडाले यसको लाभ लिने बताउनुभयो ।
एडीबीको सहयोगमा २८ किलोमिटर सडक निर्माण र जनकपुरधामको रत्नसागर पोखरीको सौन्र्दयीकरणका लागि करिव तीन अर्व रुपियाँ आउने जानकारी दिनुभयो । यसमा ७५ प्रतिशत रकम अनुदान, १८ प्रतिशत टिडिएफको सफ्ट लोन र ७ प्रतिशत म्याँचिङ फण्ड रहने उहाँले बताउनुभयो ।
नगर प्रमुख साहले देशको १० सहरमा लागु भएको सो आयोजना जनकपुरधाममा पनि लागु भएको बताउनुभयो । कामकाज हुँदा गुणस्तरमा कुनै प्रकारको सम्झौता नहुने उहाँको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाले सेनेटरी ल्याण्डफिल साइट निर्माणको काम नगरी अब आधुनिक किसिमको प्रशोधन केन्द्र निमौणको तयारी गरेको बताउनुभयो । जनकपुरधामलाई अब पर्यटकियस्थलको रुपमा बिकासको कामलाई अगाडि बढाएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा आयोजनाका प्रोजेक्ट मैनेजर यादवले जनकपुरधाममा एडीबीले दोस्रो पटक सहयोग गरेको भन्दै पहिलो पटक सञ्चालन भएको एकीकृत सहरी बिकास आयोजनाले नगरको विभिन्न भागमा १२ किलोमिटर कालोपत्रे सडक र ३२ किलोमिटर नाला निर्माण गरेको जानकारी दिनुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकाले ल्याण्डफिल साइटको निर्माण नगरेका कारण यसअघिको योजना लागु गर्न नसकेको भन्दै यस पटक ल्याण्डफिल निर्माणको काम हुने बताउनुभयो ।