सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विषयलाई लिएर छलफल गर्नुभएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा शनिबार छलफल गर्नुभयो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा बहुमत पु-याएर सरकार गठन गर्ने वातावरण तयार गर्न छलफल थालिएको बताउँदै प्रदेश सभाका अन्य दलसँग पनि छलफल गरेर यो विषय टुङ्गो लगाइने बताउनुभयो।
यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
मस्तिष्क मृत्युसम्बन्धी कानुन बनेको सात वर्ष बितिसक्दा पनि मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण उल्लेख्य रूपमा हुन सकेको छैन । नेपालमा मस्तिष्क मृत्युबाट हालसम्म १० जनाको मिर्गौला प्रत्यारोपण र तीन जनाको कलेजो प्रत्यारोपण भएको छ । विदेशमा भने ८० प्रतिशत अङ्ग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुने गरेको छ ।
साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् ।
दोस्रो लहरको कोरोना बढ्दै गर्दा २०७७ सालको फागुनमा जिल्ला अस्पताल धनकुटाले कोरोना सुरक्षा कोषको करिब दुई करोड रुपियाँ खर्चेर आइसियू र भेन्टिलेटर सञ्चालन गरेको थियो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताउनुभएको छ।
प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराउनुभएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ४१ अर्ब २८ करोड ६३ लाख बराबरको मोबाइल आयात भएको थियो भने गत आर्थिक वर्ष २०७९÷८० मा यो परिणाम घटेर २६ अर्ब ६५ करोड ७५ लाख ७० हजार बराबरको आयात भएको छ ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै शनिबार उपप्रधानमन्त्री खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पार्नुभयो।
काठमाडौं उपत्यकाका महाविहारमध्ये एक इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार ऐतिहासिक विशेषता भएको प्रसिद्ध तथा प्रमुख महाविहार हो । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी क्रियाकलापहरु नियमित रुपमा सञ्चालन हुनेगर्छ ।
कपिलवस्तुको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा ३ सय ५६ चेली तथा बालबालिकाको उद्धार गरेको छ । गैरकानुनी तरिकाले भारत र भारत हुँदै तेस्रोमुलुक जान लागेकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ ।