पैदल हिँडेर प्रत्येक आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरकारले अभियानकै रूपमा अगाडि बढाएको छ । अहिले दुर्गम पहाडी जिल्लामा न्यूनतम तीनदेखि चार घण्टा पैदल हिँडेपछि मात्र एउटा झोलुङ्गे पुलदेखि अर्को झोलुङ्गे पुल पुग्न सकिने अवस्था छ । दुर्गम पहाडी क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज गर्ने उद्देश्यले आधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्न लागिएकोे स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला ।
गुल्मीमा बहुविवाहको कसुरमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको कसुरमा दुई पुरुष र दुई महिलालाई पक्राउ गरेको हो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा भीरमा लडेर फसेकी महिलाको उद्धार गरिएको छ ।
सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा सदस्य एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गरेको छ।
सुनसरीको हरिनगर गाउँपालिकाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार सुनसरीको हरिनगर गाउँपालिका वडा २ स्थित रामनगर भुटाहा सडकमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ आउँदैगरेको प्र.१–०२०४९ प. ५५६९ नम्बरको र को.११ प.८४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको हो ।
कपिलवस्तुको शिवराज नगरपालिकाले गाउँटोलमा बुकिङ शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । नगरपालिकाले बैङ्कसँग समन्वय गरी दोस्रो किस्ता बापतको भत्ताबाट गाउँटोलमा वितरण गर्ने कामको सुरुवात गरेको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनुभएका छन् ।
सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट उहाँको सांसद पद बदर हुने ठहर गरेको छ ।
प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको औचित्य पुष्टि हुनेगरी काम गर्ने बताउनुभएको छ । उहाँले प्रदेशको औचित्यको बिषयमा आवाज उठिरहेको जनाउँदै जनताले अनुभूत हुनेगरी काम गरेर औचित्य पुष्टि गर्ने बताउनुभएको हो ।
उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकाले त्यसलाई रोक्न सुझाव दिनुभएको छ ।