नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।
महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
भोजपुर, साउन १४ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीय स्थल पाँचधारे डाँडा । तस्बिर : युवराज विष्ट:रासस
शुक्रवार बेलुकादेखिको वर्षाले गर्दा आएको पहिरोका कारण बेनी जोमसोम सडक अवरुद्ध भएको छ । मुस्ताङ क्षेत्रमा शनिवार परेको वर्षाले गर्दा घाँसा–जोमसोम सडक खण्डको कैकु र लेते क्षेत्रको सडक आइतबार देखि अवरुद्ध भएको छ ।
महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात जागराम बस्छन् । उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बाढी पहिरोका प्रभावित परिवारका लागि अस्थायी टहरा निर्माणको कार्य तीव्र पारिएको छ । पहिरोको उच्च जोखिममा परेका बस्तीलाई एकीकृत बस्तीका रूपमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्नका लागि अस्थायी टहरा निर्माण कार्यलाई तीव्र पारिएको हो ।
आदिवासी थारु समुदायका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, न्यायाधीश, कानुन व्यवसायी लगायतका नेतृत्व एकै मञ्चमा देखिएका छन् ।
कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।
शुक्रबार राति छ बजेबाट अविरल वर्षाको कारण गएको पहिरोबाट सर्केगार्ड गाउँपालिका–२ को रिपको ४० परिवार जोखिममा परेको छ । गाउँ माथिको भिरालो जमिनबाट चार स्थानमा आएको पहिरोको कारण सो गाउँ जोखिममा परेको हो ।
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक रु ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो ।