नेपाली साङ्गीतिक क्षेत्रमा व्यस्त रहने कलाकारमध्ये पर्नुहुन्छ– जुनु रिजाल । प्रदेश १ को राजधानी विराटनगरबाट सुगम सङ्गीतमा उदाउनुभएकी जुनु स्वदेश र विदेशमा बस्ने नेपालीबीच लोकप्रिय हुनुहुन्छ । ‘नेपालकी छोरी’, ‘आज गाउँमा’, ‘वनचौँरी’, ‘तिम्रो झल्को’ ‘न दोष तिम्रो’, ‘ड्राइभर दाइ’लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिनुभएकी जुनुका पाँच सयभन्दा बढी गीत÷गजल रेकर्ड भएका छन् । नेपाली, हिन्दी, भोजपुरी र मैथिली भाषाका गीतमा पनि उहाँको आवाज सुन्न सकिन्छ । कोरनाको बेलाबाहेक जुनु साङ्गीतिक कार्यक्रममा सधैँ व्यस्त हुनुहुन्छ । उहाँ भारतको सिक्किमलगायत स्वदेशका विभिन्न भागमा आयोजना गरिएका साङ्गीतिक कार्यक्रममा निरन्तर सहभागी हुँदै आउनुभएको छ ।
स्याङ्जाको काली गण्डकी गाउँपालिका–४ विर्घामा सुविधा सम्पन्न पुस्तकालय सञ्चालनमा आएको छ । काली गण्डकी गाउँपालिका स्थायी घर भई कामको सिलसिलामा बाहिर रहेकाहरूको सक्रियतामा ‘मातृभूमि’ पुस्तकालयको स्थापना गरिएको हो ।
विश्वकप फुटबलमा अर्जेन्टिनालाई सधैँ उपाधि जितको दाबेदारका रूपमा लिइन्छ । अर्जेन्टिना अहिलेसम्म विश्वकपका २२ संस्करण भइसक्दा तीन पटक मात्र च्याम्पियन भएको छ । अर्जेन्टिना तेस्रो पटक च्याम्पियन भएको एक महिना भएको छ । अर्जेन्टिनाले विश्वकप फाइनल खेल भने छ पटक खेलेको छ ।
ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी सुरु भएको छ । जीपी फाउन्डेसन र आर्ट एन्ड कल्चरको संयुक्त आयोजनामा “-यापोट” शीर्षकमा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी बिहीबारदेखि चलिरहेको छ ।
‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता आयोजना हुने भएको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त हुने सो प्रतियोगिता चलचित्र निर्माण रुचि भएर चलचित्रकर्मीलाई लक्षित गरी आयोजना गरिएको बताइएको छ । यस प्रतिस्पर्धामा चलचित्र निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने आयोजकले जनाएको छ । नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका लागि सर्ट फिल्म प्रतियोगिता गतिलो प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशलाई सुरक्षित बनाउनका लागि प्रदेश प्रहरी कार्यालयले विशेष अभियान चलाउने भएको छ। कर्णालीमा लागूऔषध दुव्र्यसन तथा ओसारपसार, हिंसा, सवारी दुर्घटना, ट्राफिक अस्तव्यस्ततालगायतका प्रमुख समस्या रहेको हुँदा प्रहरीले ती सबै न्यूनीकरणका लागि विशेष अभियान नै चलाउन लागिएको हो।
महावुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो। महावै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ। भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन्। धामसम्म पुग्नलाई पर्यटकले निकै सास्ती खेप्नुपर्छ। थुप्रै अप्ठ्यारा झेलेर भए पनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन्। कालीकोट र दैलेखको सिमानामा रहेको धाममा आवागमनमा निकै सास्ती हुने गरेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकको सहजताका लागि महावै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ। पर्यटकलाई आवागमन र आवासका
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गरिब तथा निम्न आयस्रोत भएका वर्गको जीवनस्तर उत्थानका कार्ययोजना ल्याउने बताउनुभएको छ। मुख्यमन्त्री रावलले डोटीका भूकम्पपीडितको पुनस्र्थापना तथा राहत सहयोगका लागि ध्यानाकर्षण गराउन आएका सामाजिक संस्थाका प्रतिनिधिसँगको भेटमा यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँले जति दिन नेतृत्वमा रहे पनि गरिब, पीडित र निम्न वर्गको उत्थानमा काम गर्ने प्रतिबद्धता गर्नुभयो।
डोटीको शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ। पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी)ले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। वि.सं. २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।
विगत दुई/तीन दशकदेखि नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या अत्यधिक बढेको छ । गत पाँच महिनाको तथ्याङ्क हेर्दा विदेशमा पढ्न जाने विद्यार्थीले २९ अर्ब नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा सटही गरेको तथ्याङ्क नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । पछिल्लो कोभिडको लहरभन्दा पहिलो आ.व २०७७/७८ को जेठसम्ममा तीन वर्षको तथ्याङ्क लिने हो भने ७३ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सटही भएको थियो । तर अहिले हरेक वर्ष विदेशी मुद्रा सटही र विदेश जाने विद्यार्थीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । यति ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेशमा अध्ययन गर्न किन जाँदैछन् भन्ने विषय अत्यन्त चासोको विषय बनेको छ ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ ।
नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डरलाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र कलेजमा कोटा पूरा हुन हम्मेहम्मे पर्नुले हाम्रो शैक्षिक जनशक्तिको पलायनलाई उदाङ्गो पारेको छ । नेपालमै सम्भावना र भविष्य देख्ने जनशक्ति निकै न्यून रूपमा रहे
देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै देशैभर माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइँदै छ । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यावस्था एवं त्यसपछाडिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै वि.सं. २०१२ देखि प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आइएको छ ।
खाना मानिसका लागि अपरिहार्य वस्तु हो । यदि मानिसलाई खाना खानु पर्दैनथ्यो भने उसले जाडो, गर्मी नभनी बिहानदेखि बेलुकीसम्म वा रातभरि नसुतेर सम्पत्ति कमाउनकै लागि यति धेरै दुःख गर्नु पर्दैनथ्यो । पैसा कमाउनकै लागि मानिसले चोरी, डकैतीसमेत गर्दछ । आफूले कमाएको धेरैजसो पैसा उसले खानामै खर्च गर्ने गर्दछ । खानाले मानिसलाई काम गर्न, हिँडडुल गर्न शक्ति दिन्छ । त्योभन्दा पनि महìवपूर्ण शरीरका अङ्गले आफ्नो नियमित काम गर्नका लागि चाहिने शक्ति खानाबाटै प्राप्त गर्छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१, पातिहाल्ने–लुकुम खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम हुन सकेको छैन। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर हुमनाथ पौडेलका अनुसार कालोपत्रेका लागि ठेक्का पाएको निर्माण कम्पनी डेढ वर्षदेखि सम्पर्कमा छैन। उहाँले भन्नुभयो, “कालोपत्रेका लागि पटक–पटक ताकेता गरियो तर निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सकेन। पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भए।”