• १३ साउन २०८१, आइतबार

ललितपुरकाे हिरण्यवर्ण महाविहारमा प्रज्ञापारमिताको पुनर्लेखन (फोटो फिचर)

blog

ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता ( बुद्ध धर्मग्रन्थ ) को पुनर्लेखन गर्दै । तस्विर : सुजन गुरुङ

सुजन गुरुङ

ललितपुर, साउन १४ गते । ललितपुरको हिरण्यवर्ण महाविहारमा दैनिक रुपमा वाचन गरिने प्रज्ञापारमिता (बुद्ध धर्मग्रन्थ) को जीर्णाेद्धार तथा पुनर्लेखन कार्य सञ्चालन भइरहेको छ । हरेक ३-३  वर्षमा मा आउने मलमास वा पुरुषोत्तम मासको एक महिना अवधिभर सो कार्य सञ्चालन गर्ने गर्दछ । बौद्ध धर्मको महायान सम्प्रदायसँग सम्बन्धित सो ग्रन्थमा बुद्धत्व प्राप्तिका सिद्धान्तहरु र भगवान् बुद्धसँग सम्बन्धित विभिन्न प्रसङ्गहरु  समावेश रहेको लेखन कार्यमा संलग्न हेमरत्न बज्राचार्यले बताउनुभयो । सुनको धुलोमा प्राकृतिक गमको प्रयोग गरी प्रज्ञापारमिताको जीर्णाेद्धार कार्य भइरहेको छ ।

३०० पेज र ८ हजार श्लोक रहेको सो प्रज्ञापारमितालाई अष्टश्राशिका समेत भन्ने गरिन्छ । खाना खाएपश्चात् लेख्न नहुने भएकाले दैनिक ८ः३० देखि ११ः३० बजेसम्म लेखन कार्य गरिन्छ । सो कार्यमा हेमरत्न बज्राचार्यसँगै अन्य ६ जना सुरेश बज्राचार्य, अष्टमान शाक्य, सुदन शाक्य, किरण शाक्य, दिनेश शाक्य र सुमेद शाक्यको सहभागिता छ ।