मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठमा निर्माण भएको पिङ यहाँको थप आकर्षणको केन्द्र बन्न पुगेको छ । साबिकको डाँडाखर्क गाउँ विकास समितिको वडा नं. ५, ७, ८ र ९ गाभेर बनेको कैलाश गाउँपालिका वडा नं. २ को वैकुण्ठ आफैँमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको स्थल हो । पालिकाको १५ लाख रुपियाँको लागतमा वैकुण्ठको डाँफे मुनाल पार्क नजिकै २० र ३० फिटको दुईवटा आकर्षक पिङ निर्माण गरिएका छन् ।
दोलखाको बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्न तामाकोसी नदीमा काठको अस्थायी पुल हालेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । स्थायी पुल नहुँदा बिगु गाउँपालिकाको गोँगर र गौरीशङ्कर गाउँपालिकाको टासीनाम आवतजावत गर्न यो काठको अस्थायी पुल हाल्नु परेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो ।
हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ । सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो गर्नुभयो । राति ९:३० बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले हिउँदको समय भएकाले नदीको पानी प्रवाह कम हुने भएका कारण लोडसेडिङको समय वृद्धि भइरहेको बताउनुभयो । नदीमा पानीको प्रवाहमा कमीका साथै भएको पानी पनि जमेर बरफ बन्ने भएकाले बिहानको समय त विद्युत् उत्पादन गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।
रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ । सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ। डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले
कुमाल समुदायको पेसा संरक्षणका लागि पहल सुरु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्मचौरमा “औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार” भन्ने मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्रमा तीन महिने तालिम सुरु गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको कार्यवाहक सभापति तथा संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी सभापति तथा संसदीय दलको नेता रवि लामिछानेको पद गुमेपछि अर्याललाई दुइटै जिम्मेवारीमा चयन गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रक्तदाताबाट निःशुल्क रूपमा सङ्कलित हुने रगत बिरामीले पनि निःशुल्क रूपमा प्राप्त गर्नुपर्ने बताउनुभएको छ। १७औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा शुभकामना सन्देश दिँदै उहाँले सो कुरा बताउनुभएको हो। उहाँले रक्तदानबाट निःशुल्क प्राप्त रगत बिरामीलाई निःशुल्क प्रदान गरे मात्रै मानवताको मानक स्थापित गर्न सकिने बताउनुभयो। उहाँले मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगतलाई निःशुल्क प्रदान गरेर देशमा नयाँ सन्देश र सद्भाव दिन सकिने बताउनुभयो।
नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन्। दिउँसो करिब १२ः३० बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिनुभयो।
गोरखापत्रका पेज डिजाइनर सुरेन्द्र चालिसेलाई उत्कृष्ट आईटी अवार्ड प्रदान गरिएको छ। क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मलेसियाको क्वालालम्पुरमा आयोजना गरेको चौथो सन्देश इन्टरनेसनल सोसल अवार्ड वितरण समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले चालिसेलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।
बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्। अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवारै बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अ
धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभएको छ।
तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय पुरुष तथा महिला भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपीएफ च्याम्पियन बनेका छन्।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा बढी योगदान गरेको बताउँदै कृषिको योगदानलाई घटाएर उद्याेगतर्फ बढाउनुपर्ने सुझाव दिनुभएकोछ ।