त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ । काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ । विभागले आइतबार टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन गाल्ने काम हुने गरेको खुलेको छ । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरेको छ ।
गैरदलितको बस्तीनजिक दलितले घर बनाएपछि उक्त घर भत्काइदिएको घटनाका दोषीमाथि कारबाहीको माग गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १३ वर्षदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
मानव बेचबिखन नियन्त्रणका लागि बाँकेका सरोकारवालाले ऐक्यबद्धता जनाएका छन् । नेपालगन्जमा आइतबार मनाइएको मानव बेचबिखन तथा ओसार पसारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सरोकारवालाले सो ऐक्यबद्धता जनाएका हुन् ।
मिटरब्याज सम्बन्धी परेका उजुरीको फर्छ्यौट हुने क्रम बढेको छ। अहिलेसम्म साहुले ७१ बिघा १९ कठ्ठा १० धुर जग्गा निवेदकलाई फिर्ता गरेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को बाँसथलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले कोशी प्रदेश सरकारमा सर्वदलीय र सहमतिको सरकार नै उत्तम विकल्प भएको बताउनुभएको छ ।
वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५ दशमलव चार प्रतिशत वर्षा भएको छ।
गुल्मीको तम्घासबजारको सडक अहिले पुनः कालोपत्रे गरिएसँगै चिटिक्क देखिएको छ । सडक मिचेर बनाइएका पेटीलाई भत्काएर पुनः कालोपत्रे गरिएसँगै अहिले यहाँको बजारको सुन्दरता बढेको छ ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक,सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ।
ताप्लेजुङमा गत असार पहिलो साता भीषण वर्षासँगै नदी तथा खोलामा आएको बाढीले जोखिम बनाएको क्षेत्रमा तटबन्ध निर्माणका लागि योजना माग गरिएको छ ।
फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।
वैदेशिक रोजगारीका लागि साइप्रस पठाउँछु भनेर दुई लाख रुपियाँ ठगी गर्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ का राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।