मुहारको आभा निस्तेज दृष्टि बिस्तारै धूमिल छ । प्रश्नै–प्रश्नका धर्सा छन् सायद ती गालाका चाउरीमा निको होला भन्दा बल्झिँदैछ
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन, छनछन चुरा छिनछन बज्दा कायल मन भो झनझन । फनफन चङ्गा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो, मनमन शङ्गा–बादल लाग्दा दिल रञ्जन भो झनझन ।
नियालेको छु तिमीलाई कहिले समीप त कहिले दूरबाट धेरै वर्षदेखि सबै यामहरूमा ए शैलचुली ! म तिमीसँगै बात मारिरहेको छु ।
जिल्लामा लामा समुदायका महिलाले परम्परादेखि नै लगाउने बक्खु ‘पुँको’ मूल्य साढे एक लाख रुपियाँसम्म पर्ने गरेको छ । चाडपर्व र मेलापातमा महिलाले अनिवार्य गलाउने उक्त पोसाक निक्कै मेहनत गरी तयार गर्नुपर्ने भएका कारण मूल्य महँगो पर्ने गरेको हो । सिमकोट गाउँपालिका–३ क छपाल लामाले विशेष अवसरमा महिलाले लगाउने बक्खु ‘पुँको’ मूल्य एक लाख साठी हजारसम्म पर्ने बताउनुभयो । उहाँले उक्त पोसाक यसरी महँगो पर्नुका कारण ऊनको धागो तयार पारेर पाखी बुन्ने, रङ्ग लगाउने, सिलाउने, बक्खुको बाहुलामा सानो टु्क्रा बाघको छालासमेत राखिने भएका कारण भएको बताउनुभयो । लामा समुदायका महिलाले आफ्नो आर्थिक हैसियतअनुसार यी बक्खु तयार गर्ने वा खरिद गर्ने गर्नुहुन्छ । उहाँले कम मूल्यको बक्खुको ६० हजार रुपियाँ पर्ने बताउँदै महिलाले लामा समुदायले मनाउने माने, लोसार, रलिङ मेला, विशेष पाहुना गाउँमा आउँदा स्वागत सत्कारका बेला लगाउने गरिन्छ ।
चलचित्र ‘सतीदेवी’ बन्ने भएको छ । चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहनेछ ।
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।
जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ तथा नगरपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन्। जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका ९२२ जना फरार छन्। पुस मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कुल एक हजार ९४९ वर्ष तीन महिना १९ दिन लगत कैद असुली हुन बाँकी छ। जसमा ९२१ जना स्वदेशी नागरिक छन्, एक जना विदेशी नागरिक छन्।
डोल्पाका अनाथ, गरिब र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोसाक वितरण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा रहेको महिला सामुदायिक सेवा समाजले सहयोग नेपाल सञ्जालको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकाभित्रका ११ वटा वडामा रहेका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो।
हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध भएको छ। घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। यातयात व्यवसायी प्रेमसिङ रोकायाले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडी घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो। उहाँका अनुसार घुच्चीलेकदेखि बाँदखोलासम्म सडकमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमितिको अझै टुङ्गो लाग्न सकेको छैन। सरकार गठनमा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्ने कुरा राखेपछि विश्वासको मत लिने मिति टुङ्गो लाग्न नसकेको हो।
कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको छ। किसानका साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सो उत्सव आयोजना गरिएको हो। संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरू र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो। माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गर्नुभएको छ। बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गर्नुभएको छ।
उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि १५ वटा महत्त्वपूर्ण योजना तयार गर्नुभएको छ । प्रतिनिधि सभा निर्वाचनका क्रममा क्षेत्रको समग्र विकासबारे जनतामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्ययन योजनाहरू तयार गर्नुभएको हो। सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाअन्तर्गतका चार वडा गरी कुल ३४ वटा वडा पर्छन्। पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि