“ढलेको रुखमाथि चढेको मात्रै के थिएँ, ‘हाउँ’ गर्दै बाघ उफ्रेर झम्टिन आयो। अवाक परेँ, भाग्ने कुरै भएन। हातमा भएको हँसियाले टाउकैमा प्रहार गरेँ तर पनि झम्टिन आइरह्यो।” यो घटना सम्झिँदा कैलारी गाउँपालिका–७, तिघरीका ६८ वर्षीय जालुराम चौधरीको आङ अझै पनि सिरिङ्ग हुन्छ।
तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो ।
कर्णाली प्रदेश सभा सदस्यले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा ध्यान दिन सरकारसँग माग गरेका छन्। आइतबार बसेको प्रदेश सभाको बैठकमा विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले हुम्लालगायतका ठाउँमा बाढीपहिरो प्रभावितको उद्धार, रातहत र सुरक्षित बासस्थानका लागि व्यवस्था गर्न आग्रह गरेका हुन्।
आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए ।
कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले सरकारका विभिन्न निकायबाट भएका आर्थिक अपारदर्शितामाथि निगरानी थालेको छ। समिति गठनको लगभग दुई महिनामा नौ वटा बैठक सम्पन्न गरिसकेको छ। समितिले सरकारका विभिन्न निकायले गरेको कामको आर्थिक अपारदर्शितामाथि निगरानी, जाँचबुझ तथा आवश्यक निर्देशन दिन सक्ने अधिकार राख्छ।
पाटेबाघको संरक्षण गर्नकै लागि १३ वर्षअघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको छ । निकुञ्ज स्थापना हुँदा चार वटा मात्र बाघ रहेकोमा हाल २५ भन्दा बढी बाघ पुगेको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले निकुञ्ज स्थापना हुँदा चार वटा बाघ रहेकोमा त्यसको आठ वर्षपछि गरिएको गणनामा सो सङ्ख्या २१ पुगेको र १२ वर्षपछि गत वर्ष गरिएको गणनामा २५ पुगेको बताउनुभयो ।
एउटा सडक निर्माणका लागि सम्झौता गरेको ठेकेदारसँग सात पटकसम्म म्याद थप गर्दासमेत सडकको काम अझै सम्पन्न हुन सकेको छैन । जिल्लाको सदरमुकाम तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी– सूर्यटारी सडकको झन्डै तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आठ वर्षदेखि अलपत्र हुँदै आएको छ । निर्माणको जिम्मा लगेको ठेकेदारको चरम लापरबाहीका कारण पटक पटक काम सम्पन्न गर्न म्याद थप्ने तर पूरा नगर्दा न त सडकको काम पूरा हुन सकेको न त ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन सकिएको छ । जसका कारणले यहाँका स्थानीय बासिन्दाले आठ वर्षयता सास्ती भोग्दै आएका छन् ।
ठुला आयोजनाको प्रतिफल ठुलै हुन्छ । त्यसैले हुनु पर्छ, राज्यको सबै शक्ति प्रयोग गरेर कुनै पनि अवरोध हुन नदिने गरी मुख्य प्राथमिकतासाथ समयमै कार्य सम्पन्न गर्ने भनी सरकारले २४ वटा ठुला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको नाम दियो । हुन पनि ती आयोजनाले आर्थिक, सामाजिक प्रतिफलका हिसाबले राष्ट्रको मुहार फेर्ने अपेक्षा गरिएको छ । तर पन्ध्रौँ पञ्चवर्षीय योजना (२०८०/८१) को अवधिभित्र सक्नुपर्ने राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम लक्ष्य अनुसार भएको
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पार्टी कार्यालय, सानेपामा २ साउनमा सुरु भएर १० गतेसम्म चलेको बैठक मङ्सिर दोस्रो साता महासमिति बैठक गर्नेसहितका १८ वटा निर्णय गरेर सकिएको छ । बिचमा दुई दिन छाडेर छ दिनसम्म दिनभर जसो भएको छलफलमा केन्द्रीय सदस्यले सबैभन्दा धेरै समय नेतृत्वको बचाउ र आलोचनामा खर्चिए । बैठकमा एजेन्डाकेन्द्रित भएर थोरै नेताले मात्र बोले । धेरैको आफ्नै शैली थियो र आफ्नै गुनासा ज्यादा थिए । बैठकको सातौँ दिन निर्णय सुनाएर बैठक समापन भयो ।
नेपालमा प्रजातन्त्रको बिगुल फुक्ने दल र तिनका नेताहरूको त्याग र सङ्घर्षका गाथालाई जति कोट्यायो उतिनै पत्र निस्कन्छन् । नेपाली कांग्रेसका संस्थापक चार नेता ‘बिग फोर’ का रूपमा बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय सुपरिचित छन् । आज नेपाली कांग्रेसका मस्तिष्कका रूपमा परिचित सूर्यप्रसाद उपाध्यायको ४३ औँ स्मृति दिवस पनि हो । कांग्रेसले उहाँको स्मृति दिवसमा खासै कार्यक्रम राख्ने गरेको पाइँदैन । कांग्रेसले उपाध्यायलाई चार महान् नेताको मर्यादा क्रममा पुनस्र्थापित गर्ने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष २०८०।८१ का निम्ति आएको मौद्रिक नीतिप्रति बहस अझै जारी छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ ले मौद्रिक नीतिको व्यवस्था गरेको हो । त्यस यता बर्सेनि मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गरिन्छ, कार्यान्वयनमा ल्याइन्छ । केन्द्रीय बैङ्कको २०५८ ऐन कार्यान्वयन अघि मौद्रिक नीति बनेर कार्यान्वयन गरे पनि सार्वजनिक घोषण हुँदैन थियो, सार्वजनिक बहस कमै हुन्थ्यो । खास गरी सरकारले ल्याएको बजेटका वित्तीय नीति कार्यान्वयन गर्न मौद्रिक औजार तिखार्ने उद्देश्यले
मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणका लागि कडा तरिकाले प्रस्तुत भएको छ । सुशासनको पक्षमा अघिल्ला सरकारले मुखले मात्र गर्ने कामलाई प्रचण्ड नेतृत्वको सरकारले कोही कसैसँग पनि सम्झौता नगरी विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याएरै छाड्ने दृढताका साथ परिणाममुखी तरिकाले काम गर्न थालेको छ । सरकारको यो काम गराईले विशेषतः प्रमुख प्रतिपक्षी दलमा त्रास पैदा भएको छ । सरकार लोकप्रिय हुने भयो भन्ने भयले ती दलहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न थालेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
चन्द्रनगर गाउँपालिकामा ३१ परिवार मुसहरलाई बाख्रा वितरण गरिएको छ। मुसहर समुदायको उत्थानमा क्रियाशील संस्था साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) ले अति विपन्न मुसहर परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बाख्रा बाँडेको हो।