संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
निर्माण व्यवसायीहरूले सोमबार बिहान बालुवाटारमा प्रदर्शन गरेका छन् । असार मसान्त सकिए पनि पनि निर्माण व्यवसायीहरूको ठुलो रकम भुक्तान नगरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले प्रदर्शन गरेका छन् ।
११० फिट अग्लो राष्ट्रिय झन्डाको समुद्घाटनको लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी आउने भएका छन् ।
मेक्सिको सिटी सुरुमा सन् १३२५ मा एउटा तालमा बसाइएको थियो। यही भएर अचेल हामीले देखेको मेक्सिको सिटी हरेक प्रतिवर्ष करिब ३.२ फिटले भासिँदै गएको छ। युरोपेलीहरू आइपुग्नु पहिले एज्टेकहरूले कृत्रिम टापु बनाउने प्रयासमा लागो डी टेक्सकोको ताल पुरेका थिए। सन् १५२१ मा स्पेनीले त्यहाँ आएर आफ्नो बस्ती बसाउन सुरु गरे।
साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।
आदिवासी, जनजाति ताजपुरियाले झापा, मोरङ, सुनसरीका घनाजङ्गल फाँडेर मलेरियाजस्ता रोगसँग लड्दै पूर्वी नेपालको तराई क्षेत्रलाई कृषिको केन्द्र बनाएका छन्। भारतको तेजपुरबाट नेपाल भित्रिएकाले उनीहरू ‘ताजपुरिया’ भएका हुन् भन्ने कतिपयले तर्क गर्छन्। भारतको बिहार, पश्चिम बङ्गाल, आसाम, सिक्किम, मेघालयमा ताजपुरियाको बाक्लो बसोबास छ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको पाटनस्थित विमानस्थलमा डेढ वर्षदेखि हवाई उडान बन्द भएको छ । उडान बन्द हुँदा १६ करोड रुपियाँ खर्च गरेर बनेका विमानस्थल र टर्मिनल भवन लगायतका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
गौरवशाली इतिहास बोकेको इजिप्ट (मिश्र) विश्वको प्राचीन मुलुक पर्दछ। ‘नाइल नदीको उपहार’ मानिने इजिप्ट प्राचीन मानव सभ्यताको केन्द्र पनि हो। गिजा, नेक्रोपोलिस र स्फिङ्क्स जस्ता प्रतिष्ठित स्मारकका साथै मेम्फिस, थेब्स, कर्नाक र भ्याली अफ द किङ्ग्समा इजिप्टको प्राचीन इतिहास लुकेको छ। विगतमा इजिप्टले अलेक्जेन्डर द ग्रेट (सिकन्दर) देखि हाइक्सोस, लिबियन, न्युबियन, अस्सुरियन, अचेमेनिड, पर्सियन र म्यासेडोनियनहरूको आक्रमणलाई बेहोरेको छ। अलेक्ज्यान्डर
अहिले आँपको सिजन छ। आँप सबैको प्रिय फल पनि हो। नेपालमा धेरैथरीका आँप उत्पादन हुन्छन्। एसिया आँपका लागि धनी मानिन्छ। अफ्रिकामा पनि यसको राम्रो उत्पादन हुन्छ। बम्बे, सफेदा, बङपाली, पैरी, निलम, हापुस, हिमसागर देसरी, टोटपुरी, केसर, चौसा, लाङ्ग्रा, दसहरी, मालदह, तोतापरी, कृष्णभोग, फनली जातका आँप बजारमा उपलब्ध हुन्छन् तर आँप कसरी खाने भन्ने बारेमा धेरै कमलाई मात्र ज्ञान छ।
एक महिलाको हत्या गरेको आरोपमा कैलाली प्रहरीले तीन महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
टलल टलल टल्के स्वच्छ सेता हिमाल ! सरर सरर हावा गर्छ रे अङ्कमाल !! खलखल पसिनाले भिज्न पाउन्न ज्यान । गरम जतिसुकै होस् कत्ति चाहिन्न फ्यान
स्थानीय तहले करमा भारी वृद्धि गर्न थालेपछि स्थानीय आन्दोलित भएका छन् । देवचुली नगरपालिकाको राजस्व परामर्श समितिले एक सय प्रतिशतदेखि एक हजार २५० प्रतिशतसम्म करमा वृद्धि गरेको हो। देवचुलीका समाजसेवी डिल्लीराम कडरियाले देवचुली नगरपालिकाका जनताका लागि भएको भारी कर वृद्धिका विरुद्ध स्थानीय आन्दोलित हुनु परेको बताउनुभयो।
स्याङ्जाका ग्रामीण सडक सानो पानी पर्दा पनि अवरुद्ध हुने गरेका छन्। प्रभावकारी योजना नबनाई खनिएका ग्रामीण सडक सामान्य वर्षामा पनि अस्तव्यस्त हुने गरेका हुन्। नयाँ सडकका कारण पुराना र राम्रोसँग चल्दै आएका सडकसमेत अवरुद्ध भएका छन्। नयाँ सडकका कारण स्याङ्जा र पर्वतको दक्षिणी भेग जोड्ने ग्रामीण सडक बेला बेलामा अवरुद्ध हुन जान्छ।