जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुँदा स्थानीयले चाडबाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या रहेको छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले माग भएजति दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुधदही पाउन सकेका छैनन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मंजिलबाबु मास्केले सरकारको नीतिगत कमजोरीले वन पैदावारको राजस्व, उपयोग र कारोबारमा बेथिति बढ्दै गएको बताउनुभएको छ ।
मध्य साउनमा जताततै पानीको छेलोखेलो हुनुपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार पर्न थालेको छ । पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार पर्दै गएको हो ।
अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (सोमबार) सामान्य अङ्कको सुधार देखिएको छ ।
दाङमा प्रहरीले १७ केजी वन्यजन्तुको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३० वर्षीय मनोज थापामगर, सोही ठाउँ निवासी ३१ वर्षीय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय नुरबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।
सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् ।
सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।
साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गरिएको छ । नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न रहेको भन्दै बगनासकाली गाउँपालिकाले वडाध्यक्ष अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको हो ।
टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निद्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्नो सेवा बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रहेको बेला प्रयोगशालाले आजबाट आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो ।
टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला कारागार दैलेखमा पुस्तकालय स्थापना गरिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।