निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सूचना र सञ्चारमा विश्वासिलो माध्यम रेडियो एफएम रहेको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा प्रदेश भेलाको पोखरामा आज उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो ।
शहीद दिवसको अवसरमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटै गाउँबाट ६ जना शहीद भएको ‘सहिदहरुको गाउँ’ भनेर चिनिने तनहुँको व्यास नगरपालिका –८ स्थित पुलिमराङस्थित शहीद स्मारक पार्कमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिनुभएको छ ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ ।
पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
भूकम्प जाने हल्ला फैलिएपछि हुम्लावासी राति घर बाहिर बस्न बाध्य भएका छ । राति एक्कासी भूकम्प जाने हल्ला फैलिएका कारण हुम्लावासी राति ४ बजेबाट आगनमा आगो बालेर बस्न बाध्य भएका हुन् ।
स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।
इरान र साउदी अरेबियाले आफ्नो द्विपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । सो जानकारी इरानका विदेशमन्त्रीले दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार सेवाग्राहीहरू सेवा लिन लामबद्ध भएर उभिएका थिए ।
शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राती ती थुनुवाहरू फरार भएको बताइएको छ ।
मदेखि म हराएको दिन मैले म जस्तै म गुमाएको दिन न ऊ ऊजस्तै रहन सक्यो न म मजस्तै रहेँ ऊ र म मिलेर बनेको सम्बन्धको लहरा पहराबाट छुटेको दिन