भेरीगंगा नगरपालिका सुर्खेतले दीर्घरोगीलाई मासिक दुई हजार दिने भएको छ । नगरपालिकाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर रोग, पार्किन्सस, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, प्यारालाइसिस भएका बिरामीहरूलाई उपचार खर्च स्वरूप मासिक दुई हजार दिने निर्णय भएको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिनुभयो ।
माघ १४ गते शनिबार राजधानी काठमाडौंस्थित त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा नियमितभन्दा बढी मात्रामा यात्रुको भीडभाड देखिन्थ्यो । विशेषगरी अन्तर्राष्ट्रिय उडानका अवतरण तथा उडानमा ढिलाइ भएका कारण यात्रुको आक्रोश स्वाभाविकै पनि थियो ।
नेपालको निरङ्कुश शासनको विरोधमा धेरै पहिलेदेखि धेरै देशभक्तले ठूला–ठूला सङ्घर्ष, विरोध र विद्रोह गरे । कतिले देश र जनताको हितमा आफ्नो प्राणलाई आहुति दिए र सबैलाई अन्यायको विरोधमा लड्न तथा आफ्नो हक रक्षामा अघि सर्न साहस र प्रेरणा दिए । वि.सं. १९९३ मा प्रजापरिषद्को गठन भयो । १९९७ को प्रारम्भदेखि यसले एकतन्त्रीय राणा शासन विरोधी आन्दोलनलाई अरू सशक्त पा-यो । १९९७ को कात्तिक २ देखि राणाले व्यापक धरपकड सुरु गरे । पक्राउ गरिएका धेरैलाई अनेकाँै दिनसम्म शारीरिक यातना दिइयो । यसमा सजाय तोक्न राणाहरूले विशेष अदालत गठन गरे । त्यही तथाकथित विशेष अ
पाल्पामा दुई जना युवाको मृत्यु भएको छ । दुर्घटना परेर एक जना र खोलामा डुबेर अर्का एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नेपालको राजनीतिक इतिहासमा लखन थापालाई पहिलो शहीद मानिन्छ । एकतन्त्रीय राणा शासनविरुद्ध १९९७ सालमा दशरथ चन्द, गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री इत्यादि शहीद भए । ती अमर शहीदको बलिदानस्वरूप २००७ सालमा नेपालमा १०४ वर्षको एकतन्त्रीय राणा शासन समाप्त भई प्रजातन्त्र आएको थियो । त्यो प्रजातन्त्रलाई पनि २०१७ साल पुस १ गते हत्या गरियो ।
सर्वोच्च अदालतको एक फैसलाबाट एउटा व्यक्तिले मन्त्री, सांसद र पार्टी अध्यक्षको पद गुमाएको छ । नेपाली राजनीतिमा सम्भवतः यो पहिलो घटना हो । अदालतको यो फैसलाप्रति कसैको असहमति रहला तर नेपाली राजनीतिमा बारम्बार उठ्ने दोहोरो नागरिकताको प्रश्न वा आफूखुसी कुनै मुलुकको नागरिक घोषणा गर्ने छुट कसैलाई रहने कि नरहने भन्ने प्रश्नमा एउटा बलियो नजिर स्थापित गरेको छ । हिजो सामान्य नेपालीका हकमा यस्तो फैसला भए पनि राजनीतिक रूपमा यो प्रश्नले अदालतमा प्रवेश पाएको थिएन । आज यो फैसलाबाट कसैमाथि अन्याय भएको ठान्नेहरूलाई अब त्यस रूपमा रहेका अरू राजनीतिकर्मीका हकमा अदालतमा विषय प्रवेश गराउने र कानुनी राज्यलाई मिचेर सत्ता स्वार्थ पूरा गर्नेमाथि कानुनी कारबाही गराउने बाटो खोलिदिएको छ ।
पछिल्ला दिनमा नेपालमा दुइटा परिघटनाको आर्थिक, सामाजिक र राजनीतिक प्रभाव व्यापक र दूरगामी पर्ने देखिएको छ । रवि लामिछानेको नागरिकता र प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरण । प्रत्यक्ष हेर्दा यी दुवै विषय नेपाली अर्थतन्त्रसित नजिकको साइनो राख्ने नदेखिन सक्छ तर गहन रूपमा हेर्दा यी विषयले हाम्रो शासकीय शैली देखाइरहेको छ । नागरिकताजस्तो गम्भीर विषयलाई राज्यका निकायले राम्ररी हेर्न नसक्ने हाम्रो शासकीय शैली सुशासनसित जोडिएकै मान्नुपर्छ । उदाउँदा उद्यमी प्रेम आचार्यले सरकार र निजी क्षेत्रमा सुशासनको शैलीलाई निर्मम प्रहार र विद्रोह गर्दै आफैँले आफ्नो प्राण लिनेजस्तो गर्नै नहुने काम गरेका छन् ।
पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ ।
जाजरकोटमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष पूरा हुँदा पनि चितवनको भरतपुर महानगरपालिकामा अझै कुष्ठरोगी फेला पर्ने क्रम रोकिएको छैन। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अन्य छवटा पालिकामा ज्यादै न्यून बिरामी देखिने गरेको भए पनि महानगरपालिका क्षेत्रको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा बढीमा यो रोग देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक वा त्योभन्दा कम सङ्ख्यामा कुष्ठरोगी भेटिनु यो रोग निवारण भएको भन्ने मानिन्छ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सङ्घीय निजामती ऐन छिटो ल्याउन सरकारसँग माग गरेको छ। काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित सङ्घीयता कार्यान्वयन सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयक राष्ट्रिय कार्यशालापछि घोषणापत्र जारी गर्दै महासङ्घले स्थानीय सेवासम्बन्धी सङ्घीय मापदण्ड नबन्दा र सङ्घीय निजामती सेवा ऐन नआउँदा स्थानीय सेवाको प्रभावकारी व्यवस्थापन हुन नसकेकोले छिटो ऐन ल्याउन माग गरेको हो।
रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत पुनर्निर्माण भएको हो ।
सर्लाहीको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख गोपाल पञ्जियारले आइतबार वडा नम्बर ३ फरहदवामा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख पञ्जियारले दुई ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। हरिपुर नगरपालिका–३ का वडाध्यक्ष लाल मोहम्मद सेखले वडाका झन्डै सात सय
पूर्व–पश्चिम राजमार्गको किनारामा लाग्ने कृषि हाटबजार सुरिक्षत र व्यवस्थित गर्न गोलबजार नगरपालिकाका किसानले माग गरेका छन्। गोलबजार नगरपालिकाका केही वडामा उत्पादन हुने तरकारी बिक्री गर्न बिहानदेखि बेलुुकासम्म सडक किनारमै लाग्ने गरेको हाटबजार अव्यवस्थित र असुरक्षित रहेको भन्दै किसानले विगत वर्षदेखि आवाज उठाइरहे पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन। स्थानीय धर्मनाथ महतोका अनुसार एकाबिहानै पाँच सय किसान आफ्नो तरकारी बिक्री गर्न आइपुग्छन्। यहाँबाट तरकार अन्य जिल्लामा पठाइन्छ।
झापा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। जिल्लामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचारमा रहेकोमा यो आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ।