महोत्तरीको सम्सी गाउँपालिका लेखापाल रौशन कुमार राउतविरुद्ध एक लाख २५ हजार भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा बाढीपहिरो र पशुचौपायामा लाग्ने लम्पी स्किन रोगका कारण धान रोपाइँमा असर पुगेको छ ।
भोजपुर र खोटाङको सिमानामा रहेको कपासे भन्ज्याङ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । पर्यटकलाई लक्ष्य गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोलस्थित स्थानीयको घरभित्र व्वासे सर्प पसेको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज (सोमबार) आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उहाँले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रुत गतिमा काम आफ्नो प्रयास रहने बताउनुभयो ।
सुनसरीको इनरुवा–८ का स्थानीयले एसवाई प्यानलबाट घर निर्माण गरिएको छ । सस्तोमा आकर्षक घर बन्ने भएपछि अहिले एसवाई प्यानलप्रति मानिसको आकर्षण बढ्दै गएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिनुहुँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैङ्कका प्रमुख रियाद सलामेहले सोमबार पदबाट राजीनामा दिनुहुने भएको छ ।
मध्यपहाडी क्षेत्रमा फल्ने अनार हुम्लामा पनि फल्न थालेको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा पनि अनार फल्न सुरु भएको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर मनिष डाँगीले थाइल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।
प्राय हरेक वर्ष मलको अभाव हुँदै आएको बाँके जिल्लामा यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र विभिन्न जातका बोटबिरुवा रोपिएको छ ।