काठमाडौं, साउन १५ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर मनिष डाँगीले थाइल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।
मनिष र रायोङबीच एक वर्षको सम्झौता भएको छ । उहाँले नेपाली राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै दुई गोल पनि गर्नुभएको छ । नेपालको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा गत सिजन सङ्कटा क्लबबाट खेल्नुभएका मनिषले २४ खेल खेल्दै चार गोल गर्नुभएको थियो ।
त्यसअघि उहाँले मच्छिन्द्र क्लबबाट पनि खेल्नुभएको थियो । मनिषले बहराइनको क्लब इत्तेहाल अल रेफबाट पनि खेल्नुभएको थियो ।