झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको हो ।
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ ।
रुकुम (पूर्व) स्थित अवरुद्ध शहीदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिरोका कारण साउन १३ गतेदेखि अवरुद्ध सडक आजदेखि सञ्चालन गरिएको हो । लगातार वर्षाका कारण भूमे गाउँपालिका वडानं ७ अन्तर्गत उख्लिबाङ र भूर्तिबाङ भन्ने ठाउँमा पहिरो झरेको थियो ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लेखा व्यवस्थापन र वर्तमान कर प्रणाली विषयको एकदिने तालिम प्रदान गरेको छ ।
सङ्घीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक मङ्गलबार दिउँसो १ बजेबाट बस्दैछ ।
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशित गर्नुभएको छ ।
साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन ।
एक आङ कपास र एक पेट भातका निम्ति युद्ध लडिरहनुपरेको अवस्थामा जिन्दगीका सम्पूर्ण मानवीय ऊर्जालाई अमानवीय लिलाम गराएर हाम्रा झुप्राका टाटी र पर्खालहरू
पर्खाइमा बसेका आँखाहरू प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू न त सुसेलीका भाका बुझ्छन् न त गीत नै गुनगुनाउँछन्
चालामाला सबै हेरी आफैं खिन्न भएको छु पार्टीनेता नियत हेरी म त भिन्न भएको छु ।
निलो आकाश पानी झम झम
सन् १९४५ अगस्त ६ मा पहिलो पटक जब परमाणु बम हिरोसिमामा पड्काइयो तबदेखि मानव जाति परमाणु विध्वंसको भयमा बाँचिरहेको छ। ट्रुम्यानले राष्ट्रपति निर्वाचित भएको चार महिना नबित्दै परमाणु बम प्रहारका लागि आफ्नो सेनालाई आदेश दिनु परेको थियो। यस कारण यस परमाणु बमसँग ट्रुम्यानको जति ऐतिहासिक सम्बन्ध अरूको छैन। अमेरिकी विमानले हिरोसिमामा बम पड्काउँदा राष्ट्रपति ट्रुम्यान सोभियत सङ्घ अधीनस्थ जर्मन क्षेत्रमा आयोजित पोट्सड्याम सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा युएसएस अगस्ता पानीजहाजमा सवार थिए।
इरानका एक जना १८ वर्षसम्म एउटा विमानस्थलमा फसेका छन्। सन् १९४६ मा जन्मिएका मेहरन करिमी नासर सर अल्फ्रेड मेहरन नामबाट समेत परिचित थिए। उनी इरानबाट भागेर युरोपमा जीवन जिउने प्रयासमा पेरिसको चाल्र्स दे गाल विमानस्थलको टर्मिनल एकमा १८ वर्षसम्म फस्न पुगे, सन् १९८८ अगस्त २६ देखि सन् २००६ जुलाईसम्म। बिरामी परेर अस्पताल भर्ना भएपछि मात्र उनले बाहिरको संसार देख्न पाएका थिए। सन् २००४ मा उनको आत्मवृत्तान्त ‘द टर्मिनल म्यान’ प्रकाशित गरिएको थियो। उनको जीवनगाथामा आधारित रहेर सन् २००४ मै ‘द टर्मिनल’ चलचित्रसमेत बनाइएको थियो।
विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गर्नुभएको छ । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको सभामुखको सचिवालयले जानकारी दिएको हो ।
नेपालमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।